News Category 2080/04/04
सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
राजविराजस्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियारको टोली पुगेपछि कर्मचारीहरु भागाभाग भएका छन् ।
गत आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न एक भवन निर्माण कार्यको भुक्तानी दिन घुस मागेको उजुरी आएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त कार्यालयमा छापा मारेको हो ।
आयोगको इटहरीस्थित आयोगका डिएसपी मानबहादुर राई नेतृत्वको टोली पुग्नासाथ कर्मचारीमा भागाभाग भएका थिए । कतिपय कर्मचारी त भुक्तानी लिएका ब्यक्तीबाट प्राप्त गरेको कमिशन रकम समेत फालेर भागेका थिए ।
अख्तियार टोलीले कार्यालयको पुर्व पट्टीको गल्लीमा कर्मचारीद्वारा फालिएको १५ हजार नगद तथा ५५ हजार रुपैयाको चेक समेत बरामद गरेको छ । सो रकम उक्त कार्यालयका कर्मचारी सबइन्जिनीयर अजय कुमार साफीले फ्यालेर भागेको श्रोतले जनाएको छ ।
सिरहाको नवराजपुर गाउँपालिका १ स्थित जनता आधारभुत विद्यालयको चार कोठे भवन निर्माण काम सम्पन्न भएपनि अन्तिम भुक्तानी दिन चेक रोकेर कमिशन मागेपछी उभोक्ता समितीका पदाधीकारले अख्तियारमा उजुरी दिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ