News Category 2080/04/09
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
एक साता नबित्दै सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक भएको छ । सप्तरीको कंचनरुप नगरपालिका १२ की एक १७ वर्षिया किशोरीको सामुहिक बलात्कार भएको घट्नाको ८ दिन नवित्दै पुनः सामूहिक बलात्कारको अर्काे घट्ना सार्वजनिक भएको हो । पछिल्लो घट्नामा शम्भुनाथ नगरपालिका ५ वस्ने ३ सन्तानकी आमा ३५ वर्षिया महिला सामुहिक बलात्कारको शिकार बन्न पुगेकी छिन् । ती महिलालाई शनिवार राती ९ः३० बजेतिर सोही वडाका ५ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार घट्ना पीडित र आफन्तले आईतवार प्रहरीमा उजुरी दिएपछि मात्रै बाहिर आएको हो । उनले महिलालाई बलात्कार गर्ने मध्येका सोही वडाका २५ वर्षिय शिव कुमार सदा, ४० वर्षिय उमेश सदा र ३२ वर्षिय श्रीनारायण सदा आईतवार नै पक्राउ परिसकेको जानकारी समेत दिएका छन् ।
उनीहरुलाई सोमवार सप्तरी जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसुर मुदामा म्याद थप गराई अनुसन्धान थालिएको तथा फरार रहेका २५ वर्षिय फुल कुमार सदा र २३ वर्षिय शिव सदाको खोजी कार्य तिब्र पारिएको उनले जनाए ।
वडाध्यक्ष जामुन प्रसाद चौधरीका अनुसार पिडीत महिला सोही दिन सिरहाको छारापट्टी स्थित माइतबाट घर फर्किदै थिईन । विरामी बोकेको एम्बुलेन्स चढी माईतबाट हिडेकी उनी राती ९ः३० बजेतिर पुर्व पश्चिम राजमार्ग अन्तर्गत घर नजिकैको सडक खण्डमा ओर्लेकी थिइन । त्यहाबाट उनको घर ६ सय मिटरको दुरीमा पर्दछ । पैदलै घर तर्फ जाँदै गर्दा एकान्त स्थलमा देखेर अचानक ५ जनाको समुहले मुख थुनि नजिकै खाली अवस्थामा रहेको नर्सरीमा लगेर बलात्कार गरेको तथा कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।
उक्त एम्बुलेन्स चालक पीडित महिला कै भाई हुन् । विरामी बोकेर भाई एम्बुलेन्स लिएर विराटनगर तर्फ जाँदै गरेको थाहा पाएपछि आफुलाई पनि घर सम्म लगिदिनु भनी भाईलाई भनेको पीडित महिलाले सुनाईन । पीडित महिलाको गजेन्द्र नारायण सिह अस्पताल राजविराजमा स्वास्थ्य परिक्षण गराइएको छ ।
यस अघि गत असार ३१ गते राती ९ बजेतिर आमा र बहिनी संगै वसिरहेकी कंचनरुप नगरपालिका १२ की १७ वर्र्षिया किशोरीको सामुहिक बलात्कार भएको थियो । आमा र बहिनीलाई कोठा मै थुनेर सोही वडाका ४ जनाले ती किशोरीलाई नजिकैको एक खाली घर मा लगी पालैपालो बलात्कार गरेका थिए । ती घट्नमा संलग्न चारै जना प्रहरी नियन्त्रणमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ