News Category 2080/04/09
उपप्रमुख मिरा यादव धरौटी तारेखमा रिहा
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादव एक लाख धरौटीमा रिहा भएकी छिन् । दुई दिन सम्म चलेको लामो थुनछेक बहसपछि सोमवार न्यायाधिश हरिशचन्द्र इङ्गनामको इजलाशले उपप्रमुख यादवलाई १ लाख रुपैया धरौटी र तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
नागरिकता सम्बन्धी कसुरमा विगत २३ दिन देखी उनी प्रहरी हिरासतमा थिइन् । थुनछेक बहस भईरहदा मुल ढोका बाहिर आफन्त र सर्मथकको ठूलो भीड जम्मा भएको थियो । भीडमा एमालेका केन्द्रीय नेता सुमनराज प्याकुरेलदेखि जिल्ला कमिटीका ताराकान्त चौधरी, देवनाथा यादव लगायतका स्थानीय नेता समेत सहभागी थिए ।
उपप्रमुख मिरा विरुद्धका नागरिकता सम्बन्धि कसुर मुदामा जाहेरवालाको तर्फबाट सरकारी वकिल गोकुल निरौलाका साथै अधिवक्ता हेमनारायण चौधरी, सुभाष यादव र पुण्य प्रसाद यादव तथा उपप्रमुख मिराको पक्षबाट अधिवक्ता भरत प्रसाद यादव, राम कुमार यादव, भानू निरौला, हरि प्रसाद यादव, सुरेश सिंह, फुल नारायण यादव लगायतले बहस गरेका थिए ।
अदालतको फैसला प्रति संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै उपप्रमुख मिराले अदालतबाट प्रारम्भीक न्याय पाएको बताईन ।
डाक्नेश्वरी नगरपालिका ३ निवासी कृष्ण कुमार यादवले गत असार १७ गते मिरा विरुद्ध नेपाल र भारतका गरी दुई देशको नागरिकता लिएको भन्दै नागरिकता सम्बन्धि कसुर मुदा दर्ता गराएका थिए ।
प्रहरीले.उक्त मुदा दर्ता गर्न आलटाल गरे.पछी उनी अदालत पुगेका थिए । उच्च अदालत जनकपुृर–राजविराज इजलाशले उक्त मुदा उपर सुनवाई गर्दैै परमादेश जारी गरेको थियो । त्यस पछी प्रहरीले पक्राउ पुर्जी जारी गरेकाले उप प्रमुख मिरा शक्ती प्रर्दशन सहित जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन । यस अघि अदालतबाट चार पटक म्याद थप गरी २३ दिन उनी थुनामा वसेकी थिइन । मिरा र उनका पति महेन्द्र भारतीय नागरीक भएको भन्दै सोही नगरपालिकाका कृष्णले प्रहरी र अदालतमा उनी विरुद्ध उजुरी पेश गरेका थिए ।
दुबै जनाले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको उजुरीमा दाबी गरिएको थियो । भारतको निर्वाचन नामावली २०२२ मा बिहार राज्यको क्रम संख्या ६३२ मा महेन्द्र र ६३३ मा मिराको नाम रहेको विवरण सुचीका साथै अनुमण्डलीय न्यायलय निर्मलीमा महेन्द्र र मिराले पेश गरेको शपथ पत्र तथा भारतीय निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेत उजुरी मार्फत पेश गरिएको थियो ।
सोही मुदाका अर्का आरोपी मिराका श्रीमान महेन्द्र भने अझै फरार छन् । उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ