News Category 2080/04/09
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
लागु औषध सेवनका लागी घरबाट पैसा लिएर जान नदिदा यूवकको कुटाईबाट श्रीमतीको हत्या भएको छ भने आमा, बुबा कुटाईबाट घाइते भएका छन् ।
सप्तरीको महदेवा गाउँपालिका २ अकबरपुरका ३५ वर्षिय रामरुप खंगले लुगा धुन प्रयोग गरिने काठको मुग्रोंले टाउकोमा प्रहार गरी ३० वर्षिया श्रीमती पार्वतीको हत्या गरेका हुन् । बचाउन जाँदा मुग्रों प्रहारबाटै ६२ वर्षिया आमा सम्तोलिया र ७० वर्षिय बाबु परशुराम घाईते भएर अस्पताल भर्ना भएका छन् ।
सम्तोलियाको अवस्था भने गम्भीर रहेको छिन्नमस्ता अस्पताल राजविराजले जनाएको छ । आईतवार राती १० बजेतिर लागु औषध सेवन गरेर घर आएका रामरुपले बाकसबाट पैसा झिकेर फेरी लागु औषध सेवन गर्न जान खोज्दा परिवारका सदस्यहरुले रोकेको छिमेकीहरुले बताएका छन् ।
रामरुप लागु औषध दुब्र्यसनी रहेको वडाध्यक्ष जागेश्वर प्रसाद इसरले सुनाए । “पैसा लिएर जान खोज्दा परिवारजनले रोकेपछी घर आंगनमा राखिएको लुगा सफा गर्ने काठको मुग्रोंले अन्धाधुन्द प्रहार गर्न थालेको वडाध्यक्ष इसरले बताए । घटना पछी स्थानीयको सहयोगमा प्रहरीले रामरुपलाई नियन्त्रणमा लिई घाईते पार्वती, सम्तोलिया र परशुरामलाई उपचारका लागी छिन्नमस्ता अस्पताल राजविराज पु¥याएका थिए ।
उपचार कै क्रममा मध्यराती पार्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागी गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याइएको छ । रामरुपका बुवा परशुरामको जेनरल वार्डमा तथा आमा सम्तोलियाको आईसियुमा राखेर उपचार चलिरहेको छ ।
सम्तोलियाको टाउकोमा गहिरो चोट तथा अत्याधिक रक्तश्राव भएकाले अवस्था चिन्ताजनक रहेको अस्पतालका स्वास्थ्य संयोजक दिपेन्द्र यादवले बताए । आर्थिक अवस्था निकै कमजोर भएका खंग परिवार अर्काको खेतमा ज्याला मजदुरी गरेर हातमुख जोडने समस्यालाई टार्दै आएका थिए ।
लागु औषध दुब्र्यसनीका रुपमा गाउँघरमा परिचित रामरुपलाई सोमवार सप्तरी जिल्ला अदालतमा कर्तब्य ज्यान कसुर मुद्दामा म्याद थपि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ