News Category 2080/04/09
उपेन्द्र यादव, दिनेश यादवसहित ४५ जनालाई १५ हजार जरिवाना, जरिवाना नबुझाए एक निर्वाचनमा भाग लिन नपाउने
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदबारहरुलाई निर्वाचन आयोगले १५ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरीबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका दिनेश कुमार यादव, जनमत पार्टीका अनिस अंसारीसहित ४५ जना उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनमा जसपाका शैलेन्द्र प्रसाद साह, स्वतन्त्र अनिरुद्ध कुमार सिंह, जसपाका अभिषेक यादव, लोसपाका गजेन्द्र कुमार मण्डल लगायत ८३ जना छन् ।
सात वटै प्रदेशमा उम्मेदवार बनेकाहरुले आयोगले तोकेको समय अवधी २०८० बैशाख ४ गतेको निर्णयानुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी दिन निर्देशन दिइएकोमा तोकिएको समयावधि भित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगरेकाहरुको नामावली सार्वजनिक गरिएको आयोगद्वारा मंंगलबार जारि विज्ञप्तिमा उल्लेख छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारि विज्ञप्तिमा जरिवाना लागेका उम्मेदवारले ३५ दिन भित्र राजश्व दाखिला गरी सोको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धीत निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने वा निर्वाचन खर्चको विवरण ७ दिनभित्र सार्वजनिक गरी सो को जानकारी सम्बन्धीत निर्वाचन कार्यालयमा ७ दिनभित्र निवेदन सहित पेश गर्न पुनः आदेश दिने निर्णय भएको उल्लेख छ ।
सोही विज्ञप्तिमा जरिवाना वापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरुलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रिय तहसिल कार्यालमा लेखी पठाउने निर्णय भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ