News Category 2080/04/11
नागरिक समाजका अध्यक्ष भन्सालीलाई मानवअधिकार पुरस्कार
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
मानवअधिकार र सामाजिक जागरणको अभियानमा क्रियाशिल नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
वैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको वैठकले २०८० का लागि प्रजातान्त्रिक, संघीय लोकतान्त्रिक, मधेस आन्दोलनमा सक्रिय रही हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि कटिबद्ध र निरन्तर क्रियाशील सप्तरीको राजविराज नगरपालिका ७ का ७२ वर्षीय भन्सालीलाई सम्मानित गर्ने निर्णय गरेको जनाएको छ ।
राजविराजको उद्योग, व्यापारको विकासमा समर्पित रही अल्पसंख्यक मारबाडी समुदायको अभिभावकत्व समेत गर्दै आएका भन्सालीले नागरिकको चेतना, मानवअधिकारको संरक्षण, लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गर्नुका साथै गरिब, दिन दुखीलाई सहयोग गर्दै आएका छन् ।
मानवअधिकारका अथक योद्धा प्रकाश काफ्लेको स्मृतिमा आगामी साउन १६ गते राजविराजस्थित नेपाल पत्रकार महासंघको भवनमा सम्मानको कार्यक्रम गरिने कोषका संस्थापक प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहीर ठाकुरले सम्मानपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ