News Category 2080/04/11
नागरिक समाजका अध्यक्ष भन्सालीलाई मानवअधिकार पुरस्कार
_b86.png)
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
मानवअधिकार र सामाजिक जागरणको अभियानमा क्रियाशिल नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
वैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको वैठकले २०८० का लागि प्रजातान्त्रिक, संघीय लोकतान्त्रिक, मधेस आन्दोलनमा सक्रिय रही हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि कटिबद्ध र निरन्तर क्रियाशील सप्तरीको राजविराज नगरपालिका ७ का ७२ वर्षीय भन्सालीलाई सम्मानित गर्ने निर्णय गरेको जनाएको छ ।
राजविराजको उद्योग, व्यापारको विकासमा समर्पित रही अल्पसंख्यक मारबाडी समुदायको अभिभावकत्व समेत गर्दै आएका भन्सालीले नागरिकको चेतना, मानवअधिकारको संरक्षण, लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गर्नुका साथै गरिब, दिन दुखीलाई सहयोग गर्दै आएका छन् ।
मानवअधिकारका अथक योद्धा प्रकाश काफ्लेको स्मृतिमा आगामी साउन १६ गते राजविराजस्थित नेपाल पत्रकार महासंघको भवनमा सम्मानको कार्यक्रम गरिने कोषका संस्थापक प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहीर ठाकुरले सम्मानपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ