News Category 2080/04/11
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
साहु महाजनले पीडितलाई प्रलोभनमा फसाइ आन्दोलन तुहाउने तथा आन्दोलनकारीलाई फुटाउने खेल गर्न थालेको मिटरब्याजी पीडितहरुले गुनासो गरेका छन् ।
बुधवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले यस्तो गुनासो गर्दै पीडितहरुले प्रतिनिधिसभाबाट पारित भईसकेको मिटरव्याजी सम्बन्धि विधेयक राष्ट्रिय सभामा रोकिएकोमा तीब्र असन्तुष्टि जनाउँदै अविलम्ब पारित गर्न माग समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा मिटरव्याजी पीडित मध्येका एक प्रमोद साहले जिल्लाको केही प्रतिष्ठित उद्योगपतिको नामै किटेर खुंखार मिटरव्याजी रहेको भन्दै उनीहरुलाई पनि छानविनको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरे ।
उनले विगतमा साहुँ महाजनद्वारा पीडितहरुबाट बनाइएको तमसुक खारेज हुनुपर्ने, प्रतिनिधिसभाबाट पास भएको अध्यादेश राष्ट्रियसभाबाट पारित हुनुपर्ने, हडपेको जग्गा र सम्पत्ति फिर्ता हुने पर्ने र मिटर ब्याजीलाई कडा कारवाई हुनु पर्ने आफुहरुको मुख्य माग रहेका बताए ।
पत्रकार सम्मेलनमा आर्का मिटरब्याजी पीडित उसमान मियाँले जिल्लामा परेका पीडितहरुको निवेदन उपर छिटो छरितो कारवाईका लागि एक जना पीडित, एक जना पीडक र एक जना प्रशासनको प्रतिनिधि राखेर दैनिक ५ देखि १० वटा मुद्दाको निरुपन हुने पर्ने माग गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ