News Category 2080/04/11
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
साहु महाजनले पीडितलाई प्रलोभनमा फसाइ आन्दोलन तुहाउने तथा आन्दोलनकारीलाई फुटाउने खेल गर्न थालेको मिटरब्याजी पीडितहरुले गुनासो गरेका छन् ।
बुधवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले यस्तो गुनासो गर्दै पीडितहरुले प्रतिनिधिसभाबाट पारित भईसकेको मिटरव्याजी सम्बन्धि विधेयक राष्ट्रिय सभामा रोकिएकोमा तीब्र असन्तुष्टि जनाउँदै अविलम्ब पारित गर्न माग समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा मिटरव्याजी पीडित मध्येका एक प्रमोद साहले जिल्लाको केही प्रतिष्ठित उद्योगपतिको नामै किटेर खुंखार मिटरव्याजी रहेको भन्दै उनीहरुलाई पनि छानविनको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरे ।
उनले विगतमा साहुँ महाजनद्वारा पीडितहरुबाट बनाइएको तमसुक खारेज हुनुपर्ने, प्रतिनिधिसभाबाट पास भएको अध्यादेश राष्ट्रियसभाबाट पारित हुनुपर्ने, हडपेको जग्गा र सम्पत्ति फिर्ता हुने पर्ने र मिटर ब्याजीलाई कडा कारवाई हुनु पर्ने आफुहरुको मुख्य माग रहेका बताए ।
पत्रकार सम्मेलनमा आर्का मिटरब्याजी पीडित उसमान मियाँले जिल्लामा परेका पीडितहरुको निवेदन उपर छिटो छरितो कारवाईका लागि एक जना पीडित, एक जना पीडक र एक जना प्रशासनको प्रतिनिधि राखेर दैनिक ५ देखि १० वटा मुद्दाको निरुपन हुने पर्ने माग गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ