News Category 2080/04/11
संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
मधेश प्रदेशकी सांसद माला कर्णले संसद विकास कोष अन्तरगत आर्थिक वर्ष २०७९÷८० मा आफूद्वारा संचालित योजनाहरु सार्वजनिक गर्ने जिल्लाको पहिलो सांसद बनेकी छिन् ।
बुधबार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संसदीय विकास कोष अन्तरगतको योजना, उपभोक्ता समिति तथा रकम समेत सार्वजनिक गरिन् । संसद विकास कोषको ९५ लाख र प्रशासनिक खर्च वापतको ५ लाख गरि कुल १ करोड रुँपैयाको खर्च विवरण उनले सार्वजनिक गरेकी छिन् ।
उनले खडक नगरपालिकामा खडक बहुमुखी क्याम्पस भवन निर्माण, कृषि सडक निर्माण ग्राभेल, कल्भर्ट निर्माण, विश्राम स्थल निर्माण, पक्की नाला निर्माण, छठघाट निर्माण, ब्यूटिसियन र मैनवत्ती तालिम लगायतका योजना गत आर्थिक वर्षमा संचालनमा रहेको र त्यसमा कुल रकम ९५ लाख खर्च भएको बताइन् ।
जनताको प्रतिनिधि भएपछि आफूले गरेको कामको विवरण जनसमक्ष प्रस्तुत गर्नु आफ्नो जिम्मेवारी बुझेर मैले यो काम गरेको उनले बताइन् । नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभा सदस्य रहेकी कर्णले भनिन्– सुशासन र पारदर्शीताका लागि पनि यस्ता कुरा जनतालाई जानकारी दिनुपर्दछ ।
कार्यक्रममा उनले आफूले पाउने मासिक पारश्रमिक तथा अन्य सुविधा वापतको रकमको विवरण समेत सार्वजनिक गरेकी छिन् । पत्रकारिताकै पृष्ठभूमीबाट प्रदेशसभा सदस्यको जिम्मेवारीमा पुगेकी कर्णले पत्रकारितामा देखिन थालिएको विकृतीमा सुधारको आवश्यकता समेत औल्याइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ