News Category 2080/04/11
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
नेपाल विश्व शान्ति समितिले पूर्वमन्त्री तथा सप्तरीका पुराना समाजसेवी डा. नागेश्वर प्रसाद सिंहको १३औं स्मृति सभा बिहीबार राजविराजमा मनाएको छ ।
स्थानिय जेसिज भवनमा आयोजित समारोहका वक्ताहरुले सप्तरीबाटै राजनीतिक सुरु गरेका स्व. सिंहको समाजिक पक्ष पनि उत्तिकै सवल रहेको चर्चा गरेका छन् ।
बि.स. २०१५ सालको आमनिर्वाचनमा सप्तरीबाट बिजयी भएका सिंह २०१७ सालदेखी २०२१ सालसम्म मन्त्रीका रुपमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य समेत रहेका स्व. सिंहले लायन्स क्लब, विश्व शान्ति समिति स्थापनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मृतीसभाका सहभागिहरुले चर्चा गरेका छन् ।
“नेपालमा रेडक्रस स्थापनामा पु¥याएको योगदानलाई मध्यनजर गरि स्व. सिंहलाई नेपालको हेनरी ड्युना” नै भन्नु पर्ने कार्यक्रममा इतिहास विज्ञ एवं अवकाश प्राप्त प्राध्यापक कमल दासको भनाई थियो । स्व. सिंहको जिवनी बारे समेत प्रकाश पारेका उनले २४ वर्षकै उमेरमा चिकित्सा शास्त्र (एमबिबिएस) अध्ययन पुरा गर्ने उनी जिल्लाकै पहिलो व्यक्ति भएको बताए ।
आयोजक समितिका महासचिव मधुबहादुर बिसीको अध्यक्षतामा आयोजित सभामा वरिष्ठ कानुन व्यवसायी हिम्मत सिंह, मदनमोहन चौधरी, शिक्षाविद् डा. चिरन्जिविलाल देव, राजिव कुमार मिश्रा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, वरिष्ठ पत्रकार अनिलकुमार अनल, पूर्व मेयर एवं स्व. सिंहका सुपुत्र गोबिन्द सिंह, पूर्व मेयर शैलेश चौधरी, डा. अशोकानन्द मिश्र, रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत लगायतले स्व. सिंहको योगदानको चर्चा गरेका थिए भने कार्यक्रम संचालन अरुण तिवारीले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ