News Category 2080/04/12
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग
दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
सप्तरीका मिडिया संचालकहरुले मधेश प्रदेश सरकारले मिडियाहरुका लागि उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम चालु आ.ब. २०८०÷८१ मा कटौती गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा शुक्रबार वरिष्ठ पत्रकार अनिलकुमार अनलको अध्यक्षतमा बसेको बैठकले उक्त कार्यप्रति ध्यानाकर्षण गराउँदै मिडियाको निरन्तरताका लागि सहयोग गर्ने प्रदेश सरकारको दायित्व भएकोले आमसंचार प्राधिकरणले माँग गरे बमोजिम बजेट उपलब्ध गराउन माग समेत गरेको छ ।
सोही बैठकले नेपाल सरकारले बितरण गर्दै आएको विज्ञापन समान रुपमा बितरण गर्ने नीति ल्याए पनि अहिलेसम्म व्यवहारमा लागु गर्न नसकेकोले समान रुपमा विज्ञापन बितरण गर्न नेपाल सरकारसँग जोडदार माग पनि गरेको छ ।
बैठकले जिल्लाको १८ वटै स्थानीय तहहरुले स्थानीय संचारमाध्यमहरुलाई विज्ञापन तथा सूचना उपलब्ध गराउन कन्जुसियाई गरेको भन्दै सरल र सहज ढंगले स्थानीय संचारमाध्यमलाई विज्ञापनका साथै सूचना समेत उपलब्ध गराउन माग गरेको छ ।
बैठकमा नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, पूर्वसभापति मुरलीप्रसाद यादव, पूर्वउपाध्यक्ष सुधा देव, विभिन्न मिडियाका संचालक तथा संचारमाध्यममा कार्यरत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ