News Category 2080/04/14
दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु
दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
मोटरसाइकल दुर्घटनामा परि घाइते भएका एक व्यक्तिको उपचारका क्रममा तीन सातापछि शनिबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा स.४प.९४८६ नं.को मोटरसाइकल चालक सप्तरीको बोदेबर्साईन नगरपालिका ९ देउरी टोल बस्ने ५५ वर्षिय बिजुली प्रसाद यादव रहेको प्रहरीले जनाएको छ । उनको लागि कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत असार २१ गते जिल्लाको बोदेबर्साईन नगरपालिका वडा नं. ५ स्थित हुलाकी सडक खण्डमा पूर्बबाट पश्चिमतर्फ जादै गरेको स.४प.९४८६ नं.को मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ टर्निङ गरीरहेको अवस्थामा सोही दिशाबाट आउदै गरेको म.प्र.०१–००४प.४८९२ नं को मोटरसाइकलले ठक्कर दिएको थियो ।
सो दुर्घटनामा बिजुली प्रसाद यादव घाइते भएका थिए भने म.प्र.०१–००४प.४८९२ नं को मोटरसाइकल चालक बोदेवर्साइन नगरपालिका ३ मधुवन टोल बस्ने १९ वर्षिय राजेश कुमार यादव र सोहि मोटरसाइकल पछाडि सवार स्थानीय २६ वर्षिय पवन कुमार यादव सामान्य घाइते भएको थिए ।
यता प्रहरीले म.प्र.०१–००४प.४८९२ नं को मोटरसाइकल चालक राजेश कुमार यादवलाई नियन्त्रणमा लिई साउन ११ गते जिल्ला अदालतबाट म्यादथप गराई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ