News Category 2080/04/15
पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता

दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेललाई सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरी हाताभित्रै कुटिपिट भएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा समाचार संकलनका सिलसिलामा जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेलमाथि त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक(असई) राजेश्वर महतोले दुव्र्यवहार गर्दै कुटपिट गरेको उल्लेख छ ।
जिल्ला प्रहरीस्थित मुद्दामा शाखामा जर्बजस्तीकरणी र गर्भपतन सम्बन्धी मुद्दा प्रहरीले दर्ता गर्न नमानेको भनि पीडित पक्षको गुनासोको आधारमा सोही विषयमा जानकारी लिन खोज्दा पत्रकार पोखरेलमाथि असई महतोले दुर्ब्यवहार गर्दै कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ ।
कुटपिटबाट घाईते भएका पत्रकार पोखरेलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
यता घटनाबारे जानकारी पाएर नेपाल पत्रकार महासंघका एक टोली जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेर प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीलाई पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असई महतोमाथि कारबाही गर्न माग गरेका छन् ।
घटना सम्बन्धमा प्रहरी प्रमुख एसपी कार्कीले जिल्ला प्रहरीको तर्फबाट क्षमायाचना गर्दै कुटपिट गर्ने असई महतोमाथि कानून बमोजिम तीन दिनभित्र कारबाही गर्ने प्रतिबद्धता गरेका छन् । सचिव विश्वासले तीन दिनभित्र पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असईमाथि कारबाही नगरिए महासंघ संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।
साथै विज्ञप्तिमा नागरिकलाई सूचित गराउने अधिकार बोकेका सञ्चारकर्मीलाई यसरी जिल्ला प्रहरी कार्यालयमै एक जना असईबाट कुटपिट हुनु भनेको प्रेसमाथिको ठाडो हस्तक्षेप भएको पत्रकार महासंघले ठहर गर्दै यस्ता घटनालाई नियन्त्रण गर्न र संविधानमै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई कायम गर्न गृह मन्त्रालयसमेतको ध्यानाकर्षण गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ