News Category 2080/04/16
एक रुँपैया पनि भ्रष्टाचार नगर्ने मन्त्रि समिमको प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
मधेश प्रदेशका नवनियुक्त गृह संचार तथा कानुन मन्त्रि मो. समिमले एक रुँपैया पनि भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार राजविराजमा नेपाली काँग्रेस सप्तरीद्वारा उनको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले आफूले पाएको मन्त्रालय अन्य मन्त्रालय भन्दा धेरै संवेदनशिल र महत्वपूर्ण रहेकोले आफूले प्राप्त गरेको जिम्मेवारी चुनौती र अवसरको रुपमा लिएको बताए ।
नवनियुक्त मन्त्री समिमले आफूले एक रुँपैया पनि भ्रष्टाचार नगर्ने तथा अरुलाई पनि गर्न नदिने दाबीका साथ उनले यो मन्त्रालयबाट हुने सबै खालको गतिविधी र सेवा प्रवाह पारदर्शी र जनहीतमा अघि बढ्ने प्रतिबद्धता समेत उनले जनाए ।
सप्तरीको क्षेत्र नं. ३ को क बाट प्रदेशसभा सदस्यमा काँग्रेसबाट निर्वाचित उनले संगठन बलियो बनाउन कुनै गुट–उपगुटमा नलागि एक्ताबद्ध भई अघि बढ्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
प्रदेश प्रहरी परिचालन मेरोलाई आफ्नो विशेष प्राथमिकतामा रहने बताउँदै उनले संघीय सरकारको कानुनसँग नबाझिने गरी कानुन निर्माण र संशोधन गरी प्रदेश सरकारले आफ्नै प्रहरी परिचालन गर्ने जानकारी दिए ।
प्रदेशको विकासका सम्भावनाहरुलाई अध्ययन गरी जनताका आवश्यक्ता अनुसार प्रदेशको शासनसत्ता संचालन गर्न कानुन निर्माण गर्ने उनको भनाई थियो ।
सम्मान कार्यक्रममा काँग्रेस सप्तरीका सभापति रामदेव साह, सचिव सनत मण्डललगायतले शुभकामना दिँदै पार्टीबाट प्रतिनिधित्व गरेका मधेश प्रदेशका मन्त्रिहरुले जनहीतमा नयाँ नयाँ नीति र कार्यक्रम ल्याउने विश्वास ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ