News Category 2080/04/22
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
दैनिक समाचारदाता
राजविराज, २१ असार ।
सप्तरीको रुपनी गाउँपालिकाले आँखा पोल्ने रोग नियन्त्रण तथा डेंगुको रोकथामका उपाय बारे सरोकारबालासंग छलफल गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले आईतबार आँखा पोल्ने रोग केही वडामा फैलिएको र डेंगुको प्रकोप बढ्दै गएकोले यसका उपायबारे सरोकारबालाहरुसंग छलफल गरेको हो ।
छलफलमा सरोकारबालाहरुले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका र स्थानिय बुद्धिजिवीहरुको सहभागितामा प्रत्येकवडामा जनचेतनामूलक कार्यक्रम संञ्चालन गर्न सुझाव दिएका छन् ।
उनीहरुले आँखा पाक्ने रोगका संक्रमितलाई स्वास्थ्य चौकी मार्फत समयमै औषधि उपलब्ध गराउन र डेंगु रोग लाग्न नदिन सरसफाई आवश्यक भएकोले सोका लागि जनचेतनामूलक अभियान चलाउनुपर्नेमा जोड दिए ।
गाउँपालिका अध्यक्ष यादवले सरोकारबालाहरुले दिएका सुझाव अनुसार पत्येक वडामा प्रचारप्रसार संगै चेतना जगाउने कार्य गरिने बताए । उनले छिट्टै वडा स्तरमा टोल गठन गरेर अघि बढ्ने जानकारी दिए । छलफलमा स्वाथ्यकर्मी, जनप्रतिनिधि, पत्रकार तथा बुद्धिजिवीहरुको सहभागिता थियो ।
यसैबीच गाउँपालिकाले किसानलाई सुपथ मूल्यमा मलखाध उपलब्ध गराउन दररेट निर्धारण गरेको छ । डिएपी प्रतिबोरा रु दुईहजार पाँचसय, युरिया एक हजार र पोटास एक हजार आठ सय निर्धारण गरेका छन् । त्यस्तै खुद्रा प्रतिकिलो डिएपी रु ५१, युरिया रु २१ र पोटास रु ४० प्रतिकिलो निर्धारण गरिएको रुपनी गाउँपालिका कृषि शाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ