News Category 2080/04/22
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
दैनिक समाचारदाता
राजविराज, २१ असार ।
सप्तरीको रुपनी गाउँपालिकाले आँखा पोल्ने रोग नियन्त्रण तथा डेंगुको रोकथामका उपाय बारे सरोकारबालासंग छलफल गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले आईतबार आँखा पोल्ने रोग केही वडामा फैलिएको र डेंगुको प्रकोप बढ्दै गएकोले यसका उपायबारे सरोकारबालाहरुसंग छलफल गरेको हो ।
छलफलमा सरोकारबालाहरुले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका र स्थानिय बुद्धिजिवीहरुको सहभागितामा प्रत्येकवडामा जनचेतनामूलक कार्यक्रम संञ्चालन गर्न सुझाव दिएका छन् ।
उनीहरुले आँखा पाक्ने रोगका संक्रमितलाई स्वास्थ्य चौकी मार्फत समयमै औषधि उपलब्ध गराउन र डेंगु रोग लाग्न नदिन सरसफाई आवश्यक भएकोले सोका लागि जनचेतनामूलक अभियान चलाउनुपर्नेमा जोड दिए ।
गाउँपालिका अध्यक्ष यादवले सरोकारबालाहरुले दिएका सुझाव अनुसार पत्येक वडामा प्रचारप्रसार संगै चेतना जगाउने कार्य गरिने बताए । उनले छिट्टै वडा स्तरमा टोल गठन गरेर अघि बढ्ने जानकारी दिए । छलफलमा स्वाथ्यकर्मी, जनप्रतिनिधि, पत्रकार तथा बुद्धिजिवीहरुको सहभागिता थियो ।
यसैबीच गाउँपालिकाले किसानलाई सुपथ मूल्यमा मलखाध उपलब्ध गराउन दररेट निर्धारण गरेको छ । डिएपी प्रतिबोरा रु दुईहजार पाँचसय, युरिया एक हजार र पोटास एक हजार आठ सय निर्धारण गरेका छन् । त्यस्तै खुद्रा प्रतिकिलो डिएपी रु ५१, युरिया रु २१ र पोटास रु ४० प्रतिकिलो निर्धारण गरिएको रुपनी गाउँपालिका कृषि शाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ