News Category 2080/04/22
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले समाचार संकलनमा पत्रकारलाई आइतबार रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा जनमत पार्टीको तर्फबाट नेताहरु ज्ञापन बुझाउन प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा जाँदा त्यसको रिपोर्टिङ गर्न गएका पत्रकार बृजमान तामाङसहितकालाई सुरक्षाकर्मीले भित्र जान नदिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा समाचार सकंलनका क्रममा पत्रकार तामाङलाई सुरक्षाकर्मीले रोकेको जानकारी तत्कालै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई गराएपनि भित्र छिर्न नदिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “रिपोर्टिङका लागि खटिनु पत्रकारको दायित्व हो । यसमा अवरोध सृजना गर्नु प्रेस स्वतन्त्रताबिरुद्धको ठाडो हस्तक्षेप हो । मुलुकमा संघीय गणतन्त्र आइसकेको अवस्थामा पनि पंचायतकालिन शैलीमा प्रहरी, प्रशासनले व्यबहार देखाउनु र पत्रकारलाई आफ्नो काम गर्नबाट रोक्नु खेदजनक कार्य हो । हामी यसको भत्र्सना गर्दछौं ।”
साथै विज्ञप्तिमा आगामी दिनमा प्रेस स्वतन्त्रताबिरुद्धका कुनै पनि काम नगर्न प्रहरी प्रशासनलाई सचेत गराउँदै यस किसिमको काम पुनः दोहोरिएमा नेपाल पत्रकार महासंघ चुप लागेर नबस्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ