News Category 2080/04/22
मिटरब्याजीको आरोप लगाउँदै प्रशासनले दुःख दिन थाल्यो ः भगत दम्पत्ति
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरीको शम्भुनाथ नगरपालिका २ निवासी महेश कुमार भगत र उनका पत्नि मंजुले मिटरब्याजीको आरोप लगाई प्रशासनले फसाउन खोजेको आरोप लगाएका छन् ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरि ती दम्पत्तिले यस्तो आरोप लगाएका हुन् । पैसा पचाउने नियतले अहिले उल्टै हामी बिरुद्ध रुपनी गाउँपालिका ३ का गेनेलाल मोची र भाल्सेदेवी मोचीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर दुःख दिने काम उनीहरुबाट भइरहेको बताए ।
उनीहरुले समस्या परेका बेला ऋण सापटी लिने र फिर्ता गर्ने बेला पचाउने नियतले उल्टै मिटरब्याजीको आरोपमा कानुनको दुरुपयोग गर्न थालेको आरोप पनि लगाए ।
पत्रकार सम्मेलनमा भगत दम्पत्तिले समस्या परेका बेला छिमेकी रुपनी गाउँपालिका ३ का गेनेलाल मोचीले ५ वर्षअघि ४ लाख ५ हजार र भाल्सेदेवी मोचीले ७५ हजार रुँपैया आफूहरुसँग ऋण सापटी लिएको बताउँदै अहिले आएर रकम मिनाहा नगरे मिटरब्याजीमा फसाई जेल पठाइदिने धम्की दिन थालेको सुनाए ।
आफ्नो कुनै कुरा नसुनी प्रहरीका जिम्मेवार अधिकारीले मोची र चौधरीकै पक्षमा बोल्ने गरेको र आफूलाई ठगि, विश्सावसघात तथा अभद्र व्यवहार मुद्दा चलाइने दिने भन्दै धम्क्याउन थालेको भगत दम्पत्तिले बताए ।
प्रहरी प्रशासनले पनि पीडित भन्दै उनीहरुकै कुरा मात्र सुनेर आफूलाई हथकडी लगाएर चार घण्टा हिरासतमा राखेर जबरजस्ती विभिन्न कागजातमा हस्ताक्षर र औठा छाप गर्न लगाएको महेशले गुनासो पोखे ।
उनले यती मात्र नभई २०७३ सालमा आफूले शम्भुनाथ नगरपालिका ४ की बलजितकुमारी चौधरीसँग ५४ हजारमा खरीद गरेको २ कठ जग्गा पनि अहिले आएर धितोमा राखेको भन्दै उनी पनि जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी भन्दै आफू बिरुद्ध उजुरी दिई बार्गेनिङ गर्न थालेको गुनासो पोखे ।
अदालतमा प्रवेश पाइसकेको विषयको टुङ्गो नलाग्दै प्रहरी प्रशासनबाट बढ्दो दबाबले आफूहरु असुरक्षित भएको तथा न्याय र सुरक्षाका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन संचारकर्मीमाझ आइपुगेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ