News Category 2080/04/24
जिल्ला प्रशासन कार्यालयको ‘शाहीकालिन उर्दी’ फिर्ता नलिए पत्रकार महासंघ बिरोधमा उत्रने
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा फोटो–भिडियो खिच्न र पत्र–पत्रिका तथा अनलाईनमा प्रकाशन गर्न रोक लगाएको छ ।
उर्दीपूर्ण सूचनामा पूर्ण प्रेस स्वतन्त्रतामाथी कुठाराघात भएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीबाट संविधान र प्रेस स्वतन्त्रता विपरित साउन २३ गतेको मिति राखेर साउन २४ गते बुधवार जारी गरेको उर्दीपूर्ण सूचना बुधबारराती ८ बजेसम्म फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न महासंघका जिल्ला सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा माग गरिएको छ ।
प्रशासन कार्यालयले सूचना जारी गरी पत्रकार, सर्वसाधारणले बिना अनुमति फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र–पत्रिकामा राखेको पाइएको भन्दै फोटो र भिडियो नखिच्न भनेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीद्वारा जारी सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्रपत्रिकामा राखेको पाइएकोले कर्मचारीको ब्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार यो सूचना जारी गरिएको उल्लेख छ । साथै सूचनाको विपरीत गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने चेतावनी पनि दिइएको छ ।
यता सूचना फिर्ता नलिए बिहीवारदेखि चरणबद्ध आन्दोलनमा उत्रिने महासंघ बाध्य हुने जनाउँदै महासंघद्वारा जारि विज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि त्यसका विपरित जिल्ला प्रशासन कार्यालय सप्तरीको पछिल्लो सूचनालाई ‘शाहीकालिन उर्दी’को रुपमा लिएको छ ।
विज्ञप्तिमा जिल्लामा शान्ति–सुरक्षा र सुशासन कायम गर्न नसकेको आरोप चौतर्फीरुपमा लागिरहेको बेला प्रशासनको उर्दीले त्यो आरोपलाई अझ उदाङ्गो गरिदिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रता विरोधी कुनै पनि उर्दी हामीलाई मान्य छैन । जिल्ला प्रहरी कार्यालयभित्र पत्रकारमाथि प्रहरीद्वारा आक्रमण, जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई प्रवेशमा रोक लगाईनु र विभिन्न मुद्दा मिलाउने नाममा आम जनतामाथि धाक–धम्कीदेखि धर–पक्कडसम्मको गतिविधिले समग्र जिल्लाबासीलाई प्रहरी–प्रशासनबाटै असुरक्षित बनाईदिएको छ ।”
सप्तरीमा प्रहरी–प्रशासनको पछिल्लो रवैयाले संविधान प्रद्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारमाथि धावा बोल्ने कार्य भएको भन्दै विज्ञप्तिमा भनिएको छ, “जिल्लामा स्वतन्त्रतापूर्वक कार्य गर्न प्रहरी प्रशासनबाटै पत्रकार असुरक्षित रहेको पत्रकार महासंघको ठहर छ ।”
यसैबीच पत्रकार महासंघले बुधबारराती ८ बजेसम्म उर्दीपूर्ण सूचना फिर्ता नलिएको भन्दै महासंघले मैनबत्ति बालेर बिरोध जनाएको छ । महासंघका सभापति श्रवणकुमार देवले भने, “हामीले पूर्ण प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको ग्यारेन्टीको माग गर्दै दिएको अल्टिमेटम सकिएपनि प्रशासन कार्यालयले हैकमवादी सूचना फिर्ता नलिएकोले बिरोध स्वरुप मैनबत्ति बालेर बिरोध जनाएका हौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ