News Category 2080/04/29
शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
शिक्षा ऐनको मस्यौदा तथा सरकारसंग विगतमा भएको ३० र ५१ बुंदे सहमतीमा सुधार माग्दै सप्तरीका शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् ।
आईतवार जिल्लाका १८ वटै पालिका कार्यालय प्राङ्गणमा ४ घण्टा धर्नामा वसेका शिक्षक र विद्यालय कर्मचारीले मंगलबार जिल्लास्थित शिक्षा विकास समन्वय इकाईमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।
आफुहरुको माग पुरा नगरिएसम्म विभिन्न चरणमा आन्दोलन कार्यक्रम गरिने उनीहरुले जनाएका छन् ।
जिल्लास्थित शिक्षक महासंघको अगुवाईमा अघिल्लो दिन आइतबार विहान ११ बजे देखि ३ बजे सम्म धर्ना कार्यक्रम गरी सम्बन्धित पालिका प्रमुख मार्फत सरकारलाई ध्यानाकर्षण पत्र पठाएका नेपाल शिक्षक महासंघ सप्तरीले जिल्ला शिक्षा विकास इकाई मार्फत पनि उक्त ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको महासंघका जिल्ला अध्यक्ष दिनेश प्रसाद यादवले जनाकारी दिएका छन् ।
सरकारद्वारा हालै सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८०” को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत टे«ड युनियन अधिकार, शिक्षक कर्मचारीको पेशागत सुरक्षा र स्वभिमानको खिलाफ रहेको अध्यक्ष यादवको भनाई छ ।
मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय बीच भएको ३० र ५१ बुदे सहमतीमा सबै मुदा उचित ढंगले समेटिन नसकिएको उनले बताएका छन् ।
त्यसैगरी विद्यालय शिक्षा ऐन २०८० को मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साविक उमावी, बालकक्षा, विशेष कक्षा, शिक्षक सिकाई, अनुदान, प्राविधीकधार, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै माग मुदाको सम्बोधन गर्न नसकेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ