News Category 2080/04/29
३६ वर्ष पछी ब्यारेजका ५६ वटै ढोका खोलियो
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
सप्तकोशी नदीमा सोमवार विहान यस वर्ष कै पानीको उच्च वहाव भएपछी कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।
कोशी ब्यारेजको इतिहासमा ५६ वटै ढोका खोलिएको यो तेश्रो पटक हो । यस अघि सन १९६८ मा ७ लाख ८८ हजार २ सय क्युसेक तथा सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक प्रति सेकेण्ड पुग्दा ५६ वटै ढोका खोलिएको इतिहास छ ।
पछिल्लो पटक सोमवार विहान ६ बजे सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक प्रति सेकेण्ड पुगेपछी सम्भावित जोखिमलाई ध्यानमा राख्दै ५६ वटै ढोका खोलिएको प्रहरीले जनाएको छ ।
कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्युसेक प्रति सेकेण्ड छ । मधेश तीर खासै वर्षा नभएपनि पहाडी क्षेत्रमा जारी अबिरल वर्षा संगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको कोशी ब्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ ।
कोशीमा पानीको बहाव उच्च भएपछी खतरा सम्बन्धि संकेत स्वरुप ब्यारेजको पुर्वी कोणमा रातो झण्डा संगै रातो बत्ती बालिएको छ । यद्धपी पानीको जलस्तर घट्दै गएकाले सवारी आवागमन नरोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिहले जानकारी दिए ।
उनका अनुसार सोमवार साँझ ६ बजे तीर विहानको तुलनामा पानीको बहाव १ लाख ६१ हजार क्युसेक प्रति सेकेन्डले घटेर ३ लाख १ हजार क्युसेक प्रति सेकेन्डमा पुगेको छ ।
सप्तरी र सुनसरीको सीमामा पर्ने कोशी ब्यारेजमा वर्षाले निम्त्याउन सक्ने जोखिम बारे दुबै जिल्लाका प्रहरी प्रशासन तयारी अवस्थामा रहेको उनले जानकारी दिए । उनले सम्भावित जोखिमलाई ध्यानमा राखी आसपासका वासिन्दालाई सर्तकता अपनाउन अनुरोधसहित सुरक्षाका लागी आवश्यक व्यवस्था र रणनीति बनाउनमा स्थानीय प्रशासन जुटेको समेत बताए ।
यता पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी आसपास तथा चारै तीर कोशी नदीले घेरीएको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका वासीन्दामा त्रास फैलिएको छ । १ सय परिवारका करिब ३ सय जनाको वसोवास छ । वडाअध्यक्ष कुशेश्वर यादवले वस्तीको पुर्वबाट कोशीको भंगालोले कटान गर्न थालेको जानकारी दिदै सोही कारण स्थानीयमा त्रास फैलिएको बताए । समय मै कटान रोक्ने उपाय नगरिए यहाँका घर घरमा पानी पस्ने मात्र नभई घर नै बगाउने स्थानीयमा चिन्ता थपिएको वडाअध्यक्ष यादवले सुनाए ।
चारै तीर कोशीको भंगालोले घेरीएका ती वस्तीका वासिन्दा आपतविपद परे २ घण्टा डुंगा चढेर हनुमाननगर बजार पुग्ने गरेको वडाअध्यक्ष यादवको भनाइ छ । नगर प्रमुख विरेन्द्र माझीले गोबरगाढा वस्तीको अवस्थाबारे आफु पुर्ण जानकार र निरन्तर सम्र्पकमा रहेको बताए । उनले ब्यारेजमा बहाव बढ्दै गए उनीहरुलाइ कसरी सुरक्षित र व्यवस्थापन गर्ने यसबारे निरन्तर निगरानीका साथै नगरपालिकासंग भएका सबै श्रोत साधन तयारी अवस्थामा राखिएको जानकारी समेत दिएका छन् ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै गोबरगाढाबासी अहिले सुरक्षाका लागि अग्लो स्थानमा बस्दै गरेको वडा अधयक्ष यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ