News Category 2080/04/30
राष्ट्रिय एकता लागी राजतन्त्र अपरिहार्य ः बरिष्ठ उपाध्यक्ष तामाङ
दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रिय एकताका लागी राजतन्त्र अपरिहार्य रहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिती सप्तरीद्वारा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
पृथ्वी नारायण शाहले एकिकरण गरेको नेपाललाई एतिहासिक उपलब्धीको संज्ञा दिदै उनले देशका सम्पुर्ण जनताका बीच भावनात्मक एकताका लागी समेत राजतन्त्र अपरिहार्य रहेको बताए ।
उनले मुलुकमा देखिएको विचलित अवस्थालाई मध्यनजर गर्दै अभिभावकका रुपमा राजतन्त्र आवश्यक रहेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रको पक्षमा वकालत गर्दै आएको जिकिर गरे ।
उनले संसारमा झण्डै २ सय राष्ट्र भएपनि दुई तिहाई हिन्दु धर्मावलम्बी वसोवास गर्ने देश नेपाल नै भएकाले यसलाई हिन्दु राष्ट्र बन्नबाट रोक्नु अन्याय नै भएको बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका १ सय ३२ जना नव प्रवेशीहरुलाई बरिष्ठ उपाध्यक्ष तमाङ्गले फुलमाला लगाएर स्वागत गरेका थिए ।
राप्रपाका जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका तराई मधेश संयोजक राम प्रसाद साह, केन्द्रीय सदस्य शत्रुघन महासेठ, जया महतो, द्रोपती चौधरी, प्रदेश साँसद कञ्चन विच्छा, प्रदेश समिती सदस्य विनोद पाण्डे, नागेन्द्र प्रसाद साह, श्रवण बलम पण्डि लगायतले पनि बोल्दै हिन्दु राष्ट्र र राजाको पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।
सविच बलराम शर्माद्वारा संचालित कार्यक्रममा राष्ट्रि प्रजातन्त्र पार्टी जिल्ला कार्य समितीका बरिष्ठ उपाध्यक्ष उमेश प्रसाद साहले अतिथीहरुलाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ