News Category 2080/04/31
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले राजविराजबाट बुधबार घुस रकमसहित दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा अख्तियारको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर वीरेन्द्र यादवलाई राजविराजस्थित एक बस टिकट काउन्टरबाट पक्राउ गरेको हो । लेखापाल जिल्ला अदालत सप्तरीमा समेत सोही पदमा कार्यरत छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार कम्प्युटर अपरेटर वीरेन्द्र यादवका साथबाट २ लाख नगद तथा लेखापाल टेकनारायण यादवको साथबाट ३ लाख रकमको चेक बरामद गरिएको छ ।
सोलारबत्ती जडान गर्ने बिषयमा भुक्तनी मिलाउने सम्बन्धिमा घुस रकम लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता दाहालले बताए ।
यता पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी लगिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ