News Category 2080/04/32
कंचनपुरमा १३ जना डेंगुका बिरामी
दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
सप्तरीको कंचनपुर नगर अस्पतालमा एक महिना यता डेंगुका १३ जना बिरामी उपचारका लागि भर्ना भएका छन् ।
कंचनपुर नगर अस्पतालका सहइन्चार्ज डम्बर गुप्ताका अनुसार उपचारका लागि एक महिना यता आएका बिरामी मध्ये परिक्षणका क्रममा १३ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ ।
यसरी संक्रमित देखिएका मध्ये ११ जना कंचनरुप नगरपालिका कै छन् । यस्तै सप्तकोशी र हनुमाननगर कंकालिनी नगरपालिकामा १÷१ जनामा डेंगुको संक्रमण देखिएको छ ।
संक्रमित १३ जना मध्ये ६ जना उपचार पश्चात् बुधबारसम्म घर फर्किएको र सात जना अझै उपचारकै क्रममा रहेको उनको भनाई छ ।
डेंगु रोगबाट संक्रमित हुनेमा कंचनरुप वडा नं. ९ का वडाअध्यक्ष रामसुन्दर यादवसहित ४ जना पुरुष, वडा नं. १० का एक जना पुरुष, वडा नं. १२ का दुई महिला, वडा नं. ७ का एक वर्षिय बालक, वडा नं. ६ का एक पुरुष, वडा नं. ४ र ५ का एक÷एक महिला छन् ।
देशभर डेंगु रोगका बिरामी बढ्दै गएको बेला कंचनपुरमा पनि डेंगुका बिरामी फेला पर्न थालेपछि स्वास्थ्य सर्तकता अपनाइएको तथा सो रोगबाट बच्न विभिन्न सचेतनामूलक प्रयासहरु थालिएको नगर अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ