News Category 2080/04/32
आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी

दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
आइडियल सहकारी संस्था लिमिटेड मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३६औं स्थापना दिवसको अवसरमा आइडियललाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएको हो ।
आर्थिक बर्ष २०७९÷०८० मा उत्कृष्ट कार्य गरेवापत विभिन्न संघसंस्था एवम् ब्यक्तिहलाई नेफ्स्कूनले विहिबार काठमाण्डौमा एक कार्यक्रमबीच सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमितिका संयोजक डी.बी. बस्नेतले आईडियल सहकारीलाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएको घोषणा गरे ।
यसैबीच आईडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आशले विहिबार एक विज्ञप्ति जारी गर्दै संस्थालाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएकोमा खुशी ब्यक्त गर्दै उक्त सम्पूर्ण शेयर सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन् ।
स्थापनाको २५औं बर्षमा प्रवेश गरेको आइडियल सहकारी संस्थाले मधेश प्रदेशमै उत्कृष्ट कार्य गरे वापत पाएको सम्मान तथा पुरस्कार आफ्ना १४ हजार ४२५ जना सदस्यहरुको विश्वास, २१ जना कर्मचारी र ५ जना बजार प्रतिनिधिको अथक मिहनेतकै प्रतिफल स्वरुप पाएको विज्ञप्तिमार्फत अध्यक्ष आशले बताएका छन् । उक्त पुरस्कार तथा सम्मान नेफ्स्कूनको साधारण सभामा वितरण गरिने बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ