News Category 2080/05/01
वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
राजबिराज नगरवालिकाले वालिका तथा समाबेशी शिक्षा सम्बन्धी कार्यविधि पारित गर्ने भएको छ । शुक्रवार राजबिराज नगरपालिको सभाहलमा आयोजित बालिका तथा समाबेशी शिक्षा संजालको बैठकले बालिका तथा फरक क्षमता भएका वालिका, दलित, समाबेशी अपांग, बिधालय बाहिर रहेको वालिकाको लागी कार्यबिधि बनाएका छन ।
उक्त कार्यबिधिले बिधालय बाहिर रहेका वालिकालाई बिधालय ल्याउने, वालिकाहरूको बालमैत्री कोठा, शौचालय, बालमैत्री धारा, गुनासो सन्यन्त्रको अबस्था केटाले केटीलाई गर्ने दुर्व्यवहार न्युनिकरण जस्ता योजनाहरू रहेको छ ।
कार्यक्रममा राजबिराज नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र यादबले बालिकाहरूको सम्पुर्ण क्षेत्रको अबस्था वारेमा, लैंगिक मैत्री वातावरण वारेमा पालिका गम्भीर भई कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाए ।
उनले भने बिधालय ब्यबस्थापन समितिले बिधालयको संरक्षण, मर्मत सम्भार, सरसफाई, अनुगमन र जनताप्रति उत्तरदायी भई बिधालयको शैक्षिक अबस्थामा सुधारमा एकजुट हुनुपर्ने बताए ।
निर्माण गरिएको कार्यबिधि बोर्ड बैठकमा पेश भईसकेकोले आउने बैठकमा पारित भएसँगै पालिका अन्तर्गत वालक्लवहरूको भेलाले नगरस्तरिय संजाल गठन गर्ने, बालविवाह न्युनिकरण र यौन दुव्र्यवहार लगायत जनचेतनामुलक कार्यक्रमका लागि यस आर्थिक बर्षमा संचालन गरिने महिला, वालवालिका शाखा अधिकृत अनिता चौधरीले बताईन ।
यसैगरी आसमान नेपाल आरम्भ परियोजनाका कार्यक्रम अधिकृत शान्ता कुमारी सिंहले बिधार्थीहरूको सुरक्षाको अबस्था र बिधालयमा दिवा खाजाको ब्यबस्थापन गर्ने, शिक्षा र स्वास्थमा पहुँच पु¥याउने, बिधालय बाहिर रहेका वालिकाहरूलाई बिधालय भित्र ल्याउने, सुरक्षाको भुमिका लगायत कार्ययोजना बनाई कार्यान्वयन गर्ने बताईन ।
कार्यक्रममा राजबिराज समाजिक बिकास अधिकृत रामचन्द्र दास, स्वास्थ शाखा प्रमुख निरन्जन यादब, राजदेबी माबि ब्यबस्थापन समिति अध्यक्ष डम्वर नारायण यादब, नरेन्द्र मेमोरियल माबि बोरियाका प्रधानाध्यापक रमानन्द सुनरैत यादब, केअ माबिका सहायक प्राधानाध्यापक निलम मिश्रा, सबल नेपालका अशोक साह, पबिमाबिका बिरेन्द्र बिश्वकर्मा, बहिरावालक स्कुल शिक्षिका चाँदनी यादब, पत्रकार चन्दन यादब लगायतले बालिकाको समाबेशी शिक्षालाई सबल बनाउनुपर्नेमा जोड दिए ।
जिकेसी÷युकेएडको आर्थिक सहयोगमा आसमान नेपालको साझेदारीमा पिस ईन निड नेपालको प्राबिधिक सहयोग र आरम्भ परियोजना अन्तर्गत राजबिराज नगरपालिकामा वालिका तथा समाबेशी शिक्षा सन्जालको बैठक सम्पन्न गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ