News Category 2080/05/01
बालवालिकाको आवाजलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्छ
दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
बस्तीस्तरवाटै बालवालिकाको समस्याहरूलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्नेमा सरोकारवालाहरूले शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रममा जोड दिएका छन ।
नागरिक समाज सुदृढिकरण परियोजना अन्तर्गत बिश्वव्यापी आवधिक महासन्धी १९८९ सम्बन्धी सरोकार निकाय सँग अन्तरसंवाद कार्यक्रममा स्थानिय तहले बालवालिकाको बिकासका लागी बालभेलालाई योजनाको रूपमा स्थानिय निकायले अनिवार्यरूपमा समेटनुपर्ने बताएका छन् ।
सो कार्यक्रममा जिल्ला समन्य समिति सप्तरीका प्रमुख शिवनारायण साहले वालवालिकाहरूको बिकासलाई मध्यनजर गर्दै उनीहरूको अधिकारका लागी १८ वटै स्थानिय तहसँग समन्वय गरेर अगाडि बढने प्रतिबद्धता जनाए । यस्तै उपप्रमुख शम्भु यादबले बालवालिकाहरूको अधिकार सवालमा नीतिगत रूपमा निर्णय भएपनि कार्यन्वयन चरण प्रभावकारी नभएको भन्दै स्थानिय तहले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गैसस महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष ध्रुव देवले ब्यक्ती भन्दा बिधिको शासन भएमात्र बालवालिकाहरूको गुणस्तरिय शिक्षा सँगै कुनै पनि वालवालिकाहरू अधिकारवाट बञ्चित नहुने बताए ।
तिलाठीकोईलाडी गाउँपालिका का कार्यक्रम अधिकृत राजेश झाले बस्तीस्तरवाटै बालवालिकाहरूको समस्याहरूलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्नेमा जोड दिए । स्थानिय तहले बालवालिकाको बिकासका लागी बालभेलालाई योजनाको रूपमा स्थानिय निकायले अनिवार्य रूपमा समेटनुपर्ने बताए ।
सो अवसरमा कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दंगलले सन् २०२१ नोभेम्वर २१ मा भएको संयुक्त राष्ट्रको आवधिक समिक्षामा नेपाल सरकारले बालवालिका माथि हुने दण्डसजाय तथा यातनाको अन्त्यको लागि बिशेष पहल लिने, विभिन्न आधारमा बालवालिकाहरूमाथि हुने भेदभाव अन्त्यको लागि संयन्त्र निर्माण गर्ने प्रतिबद्धता गरेको बताए ।
यस्तै स्वडेन सेभरिज, सेभ द चिल्ड्रेन, सबल नेपाल, कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा बालअधिकार सन्धी सम्बन्धमा सरोकारवालासँग संवाद गरिएको छ ।
उक्त अवसरमा बिश्वव्यापी आवधिक समिक्षाको पृष्ठभुमि, मानवअधिकारको समीक्षा, गैर सरकारी संस्था र नागरिक समाजले पनि बिश्वव्यापी आवधिक समिक्षा वारेमा सम्वाद गरिएको छछस् ।
जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिसस उपप्रमुख शम्भु यादब, खडक नगरपालिका उपप्रमख रिता चौधरी, सुरूङ्गा नगरपालिका ५ का अध्यक्ष लिलाराम चौधरी, सेभ द सप्तरी अध्यक्ष ध्रुव देव, सबल नेपालका कार्यक्रम अधिकृत नीर बहादुर आले मगर सगरमाथा आपाङ कल्याण संघका अध्यक्ष बलेदव मण्डल, राजबिराज नगरपालिका महिला बिकास शाखा अधिकृत अनिता चौधरी, सुरूङ्गा नगरपालिका महिला बिकास निरिक्षक रिंकु यादब, तिलाठीकोईलाडी गाउपालिका कार्यक्रम अधिकृत राजेश झा, सबल नेपालका संस्थापक अशोक साह, आसमान नेपाल कार्यक्रम अधिकृत शान्ता सिंह, गैसस सप्तरी कोषाध्यक्ष रिया राय, जिल्ला बाल संजालका अध्यक्ष सलमा खातुन, पत्रकार कृष्णा मण्डल, अरूण यादबलगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ