News Category 2080/05/01
भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार
दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पतालमा शुक्रबार शैया थपिनुका साथै सेवा बिस्तार गरिएको छ ।
मधेश प्रदेश सरकारको लगानीमा थप नयाँ भवन निर्माण गरेर प्रसुती तथा शल्यक्रिया कक्ष बिस्तार गरिएको हो ।
थपिएको नयाँ शल्यक्रिया तथा प्रसुती कक्ष भवनको शुक्रबार उद्घाटन र सेवा शुभारम्भ गर्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंहले अस्पतालमा थप सेवा बिस्तार तथा आवश्यक जनशक्तिपूर्तीका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले अब कोही पनि नागरिक गरिबीका कारण उपचारबाट बञ्चित हुनु पर्ने अवस्था नआओस भन्ने मनसायले विभिन्न कार्ययोजना बनाएर अघि बढेको समेत जानकारी दिए ।
यस्तै अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. उत्तम देवले शैया र सेवा दुबै बिस्तार गरिएपछि उपचारमा आउने बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको बताए ।
हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझीले क्षमताभन्दा दोब्बर बिरामी आउँदा अस्पताल अस्तव्यस्त हुने गरेकाले नगरपालिकाको साधनश्रोतले पनि भ्याएसम्म सहयोग गरि बिशेषज्ञसहितको थप उपचार सेवा बिस्तार गरिएको बताए ।
१५ शैयाको स्वीकृती पाएर संचालनमा रहेको अस्पतालमा बिरामीको बढ्दो चापलाई ध्यानमा राखी १८ शैया थपेर ३३ शैयाको अस्पताल बनाइएको छ । नवनिर्मित भवनमा कुल २२ वटा कोठा छन् । जसमा ६ वटा शल्यक्रिया कक्षका लागि छुट्याइएका छ भने अन्य कोठाहरु प्रसुती गृह, एसएनसियु, भेन्टिलेटर, स्वास्थ्य परिक्षण, बिरामी कक्ष लगायत परियोजनका लागि छुट्याइएको छ ।
कार्यक्रममा प्रदेश सांसदद्वय सतिशकुमार सिंह, मो. सकिल अली, कंचनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ता, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायतले शुभकामना दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ