News Category 2080/05/02
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
राजविराज÷सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गरेको छ ।
गत आ.ब. २०७९÷८० मा कृषिको विकासका लागि करिब ३ करोड खर्च गरिसकेको नगरपालिकाले चालु आ.ब. २०८०÷८१ मा यसलाई बृद्धि गर्ने तयारी समेत गरेको नगर प्रमुख बिरेन्द्र माझीले बताएका छन् ।
बैज्ञानिक ढंगले अध्ययन गरि कृषि क्षेत्र सुधारका लागि विभिन्न योजना कार्यान्वयनमा ल्याइएको उनको भनाई छ । जसअन्तरगत नगर क्षेत्रभित्रका किसानका लागि कृषि मिटरको प्रबन्ध गरि कृषि प्रयोजनमा खपत हुने युनिटको सबै महसुल खर्च नगरपालिकाले नै तिर्न थालेको र यसबाट नगर क्षेत्रका २ हजार ५ सय भन्दा बढी किसान लाभान्वित भएको उनले बताए । किसानले प्रयोग गर्ने बिद्युतमा नगरपालिकाले ४० र प्राधिकरणले ६० प्रतिशत रकम लगानी गर्ने सहमति भएको उनले जानकारी पनि दिए ।
यस्तै किसानलाई प्रोत्साहन अभियान अन्तरगत किसानलाई प्याजको बिऊमा ७५ तथा आलु, गहुँ र धानको बिऊमा ५०÷५० प्रतिशत अनुदानको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
किसानलाई खेतीमा आकर्षित गराउन तथा प्रविधि र यान्त्रिककरण गरि उत्पादन बृद्धि गर्न सर्वसुलभ र सस्तो दरमा विभिन्न कृषि उपकरणको व्यवस्था पनि मिलाइएको उनको भनाई छ । यस योजना अन्तरगत किसानलाई सस्तो भाडा दरमा मकै, धान र गहुँ दाउनी गर्ने, कृषि औजार र उपकरण उपलब्ध गराउन थालिएको उनको कथन छ ।
उनले भौतिक संरचना निर्माणपछि क्रमशः कृषि, स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । सप्तरीमा क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो नगरपालिका रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको अधिकांश बासिन्दाको मुख्य पेशा नै कृषि रहेको नगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ