News Category 2080/05/02
हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै
राजविराज÷हुलाकी सडक निर्माण कार्यलाई पूर्णता दिन राजविराजस्थित कंचानपुर रोडको दायाँबायाँ बनाइएको भौतिक संरचना शनिबारदेखी डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
दुई साता अघि राजविराज नगरपालिकाको वडा नं. ६ र ७ मा पर्ने सिरहा रोड आसपासका संरचना भत्काएको नगरपालिकाले शनिबारदेखी राजविराज ३ र ८ वडाको बीचमा रहेको कंचनपुर रोड आसपासको संरचना भत्काउन सुरु गरेको हो ।
हुलाकी सडक राजविराज बजार क्षेत्र हुँदै निर्माण हुने भएकोले सो कार्य अतिक्रमित संरचनाका कारण रोकिएकाले ७ दिने सूचना मार्फत खाली गर्न आग्रह गरिएको थियो । सो आग्रहलाई पनि वेवास्ता गरिएकाले बाध्य भई डोजर चलाउनु परेको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले बताईन् ।
उनले कंचनपुर रोडमा दायाँबायाँ ७.५÷७.५ मिटर क्षेत्रमा अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाउन थालिएको जानकारी दिँदै छिटै बजार क्षेत्रमा रोकिएको हुलाकी सडक निर्माण कार्यलाई तिब्रताका साथ पूर्णता प्रदान गरिने बताइन् । तीन वडा डोजरसहित नगरपालिकाका कर्मचारी र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका थए ।
हुलाकी सडक निर्माण गर्नका लागि राजविराज नगरपालिकाको वडा ३, ६, ७ र ८ मा पर्ने सिरहा रोड र कंचनपुर रोड हुने गरि नक्सांकन भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ