News Category 2080/05/02
हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै
राजविराज÷हुलाकी सडक निर्माण कार्यलाई पूर्णता दिन राजविराजस्थित कंचानपुर रोडको दायाँबायाँ बनाइएको भौतिक संरचना शनिबारदेखी डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
दुई साता अघि राजविराज नगरपालिकाको वडा नं. ६ र ७ मा पर्ने सिरहा रोड आसपासका संरचना भत्काएको नगरपालिकाले शनिबारदेखी राजविराज ३ र ८ वडाको बीचमा रहेको कंचनपुर रोड आसपासको संरचना भत्काउन सुरु गरेको हो ।
हुलाकी सडक राजविराज बजार क्षेत्र हुँदै निर्माण हुने भएकोले सो कार्य अतिक्रमित संरचनाका कारण रोकिएकाले ७ दिने सूचना मार्फत खाली गर्न आग्रह गरिएको थियो । सो आग्रहलाई पनि वेवास्ता गरिएकाले बाध्य भई डोजर चलाउनु परेको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले बताईन् ।
उनले कंचनपुर रोडमा दायाँबायाँ ७.५÷७.५ मिटर क्षेत्रमा अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाउन थालिएको जानकारी दिँदै छिटै बजार क्षेत्रमा रोकिएको हुलाकी सडक निर्माण कार्यलाई तिब्रताका साथ पूर्णता प्रदान गरिने बताइन् । तीन वडा डोजरसहित नगरपालिकाका कर्मचारी र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका थए ।
हुलाकी सडक निर्माण गर्नका लागि राजविराज नगरपालिकाको वडा ३, ६, ७ र ८ मा पर्ने सिरहा रोड र कंचनपुर रोड हुने गरि नक्सांकन भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ