News Category 2080/05/05
झुठो विवरणमा नेपाली नागरिकता लिएको भन्दै मण्डल दम्पत्ति बिरुद्ध उजुरी
दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
सप्तरीका एक दम्पती विरुद्ध झुठो विवरणमा नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका ६ बथनाहा बस्ने बिजय कुमार मण्डल र उनकी पत्नी अम्बिका विरुद्ध उजुरी परेको हो ।
सोही वडा निवासी भिखारी मण्डलले तीन दिन अघि जिल्ला प्रशासन कार्यालय सप्तरीमा जोहरी दरखास्त बुझाएका हुन् । यता जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा लेखी पठाएपछी मंगलबारदेखि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
जाहेरी दरखास्तमा भारत बिहार राज्य, जिल्ला मधुवनी, प्रखण्ड खजौली मुख्यग्राम चंद्रडिह पंचायत वडा ८ निवासी ४५ वर्षिय अम्बिका कुमारी मण्डलले झुटो विवरण पेश गरी २०६३ साल चैत्र २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट बंशजको (ना.प्र.नं १६३०८६÷४२५) नागरिकता प्राप्त गरेको उल्लेख छ ।
जाहेरीकर्ता भिखारी मण्डलका अनुसार अम्बिका अहिले पनि भारतको चंद्रडीह ग्रामपंचायत वडा ८ स्थित सरकारी नव सृजित प्राथमिक विद्यालयमा शिक्षिकाको रुपमा कार्यरत छिन् ।
भारत बिहार राज्यको निर्वाचन आयोगद्वारा जारी २०२३ को मतदाता सूचिमा अम्बिकाको मतदाता क्रम संख्या २६४, गृहसंख्या २५ र पिनकोड ८४७२२८ रहेको छ । यस्तै पतिको नाम विजय कुमार मण्डल तथा बुवाको नाम सीता राम मण्डल उल्लेख छ । तर अम्बिकाले नेपालबाट प्राप्त गरेको नागरिकतामा श्रीमानको नाम विजय कुमार मण्डल रहेपनि बुबाको नाम अन्तराम मण्डल उल्लेख छ ।
एउटै ब्यक्तिीले भारतमा अर्कै र नेपालमा अर्कै बुबाको नाम राखी झुटो विवरण पेश गरी नागरिकता लिएको दाबी गर्दै भिखारीले यसको सुक्ष्म अनुसन्धान गरिए सबै सत्य तथ्य बाहिर आउने जाहेरी दरखास्तमा उल्लेख गरेका छन् ।
यस्तै उनका श्रीमान विजयले पनि झुटो विवरण पेश गरी भारत र नेपाल दुबै देशको नागरिकता लिएको जाहेरीमा उल्लेख गरिएको छ । भिखारीले प्रमाणका रुपमा विजयले पनि भारत सरकारको निर्वाचन आयोगबाट प्राप्त गरेको परिचय पत्र जाहेरी संगै पेश गरेका छन् ।
उक्त परिचय पत्रमा विजय कुमार मण्डलको ठेगाना भारत विहार राज्य, जिल्ला मधुवनी, प्रखण्ड खजौली, मुख्यग्राम चन्द्रडीह पंचायत वडा नंं ८, मतदाता क्रम संख्या ९४ गृहसंख्या २३ र पीनकोड ८४७२२८ रहेको उल्लेख छ ।
विजयले २०४४ साल चैत्र ८ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट प्राप्त गरेको नागरिकता (ना.प्र.न १७२१२६९५) मा ठेगाना सप्तरीको तत्कालिन औरही गा.वि.स.५ (हाल डाक्नेश्वरी नगरपालिका ६)उल्लेख छ ।
जाहेरी दरखास्त मार्फत झुटो विवरण पेश गरी अम्बिकाको नेपाली नागरिकता निकाल्ने क्रममा नक्कली बुबा बनेर सघाएका डाक्नेश्वरी नगरपालिका ६ का ७५ वर्षिय अन्तराम मण्डलमाथी समेत नागरिकता कसुर सम्बन्धि मुदा चलाउन अनुरोध गरिएको छ ।
भिखारीले जाहेरी झुठा ठहरिए कानुन बमोजिमको सजाय भोग्न समेत तयार रहेको उल्लेख सहित प्रहरी अनुसन्धान वा अदालतमा मुद्दा चल्दा खोजेको बखत उपस्थित हुने जाहेरी दरखास्तमा उल्लेख गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ