News Category 2080/05/06
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
भारतबाट नेपालतर्फ भन्सार छलेर स्कारपियो गाडीमा ल्याउँदै गरेको लाखौं मुल्य बराबरको विभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ कुसमहारमा प्रहरीको गस्ति टोलिले भारतबाट नेपालतर्फ भन्सार छलेर को.१च.६९९० न. को स्कारपियोमा ल्याउँदै गरेको ८ लाख ८ हजार ७ सय मुल्य बराबरको सामानहरु बरामद गरेको हो ।
प्रहरीले सामानसहित स्कारपियो र चालक सप्तरीको हनुमाननगर कंकालनि नगरपालिका १ भारदह बस्ने ३५ वर्षिय दिपेन्द्र कुमार दाससमेतलाई नियन्त्रणमा लिएको छ । बरामद गरिएको सामानहरुमा लेडिज ब्रा, सारिको फल्स, रुमाल ९२ पिस, लेडिज भेष्ट, सिन्दुर, हातमा लगाउने चुडा, क्रिम, गला सेट, कपाल बान्ने फुल, प्लास्टिकको वायर, प्लाष्टिकको फुल, प्लाष्टिको पाईप, झुम्का, लेस, मोति, माला, अङगुठ्ठी, कपालमा लगाउने चिम्टी, घाँटिमा लगाउने सिक्री, कानको टप, कानको बाली, कानको झुम्का, प्लास्टिकको रिङ, रङ, प्लाष्टिकको जाली रहेको छ ।
बरामद गरिएको सामानको अन्दाजी मुल्य ८ लाख ८ हजार ७ सय रहेको तथा सामान, गाडी र चलाकसमेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बोदेबर्साईनमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ