News Category 2080/05/08
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
भारि वर्षाका कारण सप्तरीको विभिन्न पालिका डुवान र कटानको चपेटामा परेका छन् । बिहीबार मध्य रातीदेखी भएको वर्षा शुक्रबार पनि जारि रहँदा बलान नदीमा आएको बाढीले बलान बिहुल गाउँपालिका ४ बेल्ही स्थित दुई ठाउँको बाँध कटान र ग्राभेल सडक क्षतिग्रस्त बनाएको छ ।
बाँध कटान गर्दा बाढीको पानी बस्तिमा पसेर सयौं परिवार प्रभावित बनेको गाउँपालिकाका अध्यक्ष खेमचन्द यादवले जानकारी दिए । उनका अनुसार निरन्तरको वर्षाले बलान नदीको बाढी बस्तिमा पस्दा वडा नं. ४ का साथै वडा नं. १ र २ का समेत गरि झण्डै ३ सय परिवारच उच्च जोखिममा परेका छन् । बलान नदीमा आएको बाढीले वडा नं. २ दिघियास्थित बाँधमा निरन्तर क्षति पु¥याइरहेकाले कुनै बेला पनि उक्त बाँध पनि भत्किने सम्भावना रहेको अध्यक्ष यादवले बताएका छन् ।
बाँध कटान गरेको खबर आए लगत्तै सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
यता अबिरल वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको विभिन्न वडामा बाढीको पानी पसेको विपद् ब्यवस्थापन अधिकृत राजेश झाले बताए । खाडो खोला र जिता नदीको बाढीका कारण वडा नं. १, २, ४ र ५ स्थित बस्तीमा २ फिटसम्म पानी पसेको उनको भनाई छ ।
निरन्तरको वर्षाले सदरमुकाम राजविराजको पनि विभिन्न वडामा २ फिटसम्म पानी जमेको छ । ढल निकासको उचित प्रबन्ध र नियमित नाला सरसफाई नगर्दा वर्षातको पानी नगरको विभिन्न वडामा जम्मा भएको र सर्वसाधारणलाई आवागमनमा कठिनाई भएको छ ।
यता सप्तकोशी नदीमा पानीको वहाव उच्च भएपछि सप्तरी र सुनसरीको सीमामा पर्ने कोशी ब्यारेजको ३३ वटा ढोका खोलिएको छ । शुक्रबार बिहान सप्तकोशी नदीमा पानीको बहाव २ लाख ४७ हजार ७ सय ९० क्विसेक पुगेपछि सम्भावित जोखिमलाई ध्यानमा राखी ३३ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ