News Category 2080/05/09
डुवान र कटान प्रभावित क्षेत्रमा प्रजिअको टोली स्थलगत निरिक्षणमा

राजविराज÷लगातार दुई दिनदेखी भइरहेको वर्षाका कारण डुवान र कटानमा परेका क्षेत्रहरुको सप्तरीका प्रमुख जिल्ला अधिकारीको टोलीले शनिबार स्थलगत निरिक्षण गरेको छ । जिल्लको सप्तकोशी, खाडो, जिता, त्रियुगा, खडग, बलान, महुली लगायतका नदीमा आएको बाढीले विभिन्न पालिका कटान र डुवानको चपेटामा परेका छन् ।
बाढीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकालाई सर्वाधिक प्रभाव पारेको छ । सप्तकोशीको बाढीले चारैतिरबाट थुनिएर हनुमाननगर कंकालिनी नगरपालिकाको १, २, ३, ५, ७, ११ र १३ का करिब ३ तीन सय परिवारको विचल्ली भएको नगर प्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।
ती वडाका विपन्न समुदाय बाढीबाट जोगिन घरको खाटमा बसेर कष्टकर जिवन बिताइरहेको उनले बताए । त्यहाका अधिकांश घरमा बाढीको पानी पसेर दुई फिटसम्म जमेको उनले बताए ।
यता बलान नदीमा आएको बाढीले बलान बिहुल गाउँपालिका ४ बेल्हीस्थित दुई वटा तथा वडा नं. २ दिघियास्थित एउटा गरि तीन ठाउँमा झण्डै पाँच÷पाँच सय मिटर जति बाँध भत्काएपछि वडा नं. १, २, ३ र ४ का करिब एकसय घर डुवानमा परेको गाउँपालिका अध्यक्ष खेमचन्द यादवले जानकारी दिए ।
बलानस्थित बाँधको पूर्ण रुपमा निर्माण हुन नसक्दा हरेक वर्ष वर्षायामका समयमा बलान बिहुल गाउँपालिका डुवान र कटानको चपेटामा पर्दै आएको उनले बताए । त्यहा पनि पानी पसेका घरमा सर्वसाधारण घरभित्रै खाटमा बसिरहेको गाउँपालिका अध्यक्ष यादवले बताए ।
ती क्षेत्रहरुमा सम्भावित क्षति रोक्न प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरिक्षक नरेन्द्र कार्की, राष्ट्रिय अनुसन्धानका निर्देशक सुरेन्द्र कोइराला, सशस्त्र प्रहरी उपरिक्षक तिर्थराज पौडेल, जलश्रोत सिचाई विकास डिभिजनका प्रमुख रमणकुमार साहलगायतका टोली हनुमाननगर तथा बलान बिहुलको प्रभावित क्षेत्रमा पुगेका छन् ।
बलानमा भत्किएका बाँध मर्मत कार्यमा प्रहरीसँगै स्थानीयवासी, कामदार र गाउँपालिकाका कर्मचारी परिचालन भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । बाढीले प्रभावित क्षेत्रमा लगातार दुई दिनदेखी टोलीसहित स्थलगत निरिक्षणका लागि निस्केका उनले बाढीबाट जनधनको क्षति हुन नदिन सबै मिलेर काम गर्नु पर्नेमा जोड दिएका छन् ।
निरन्तरको वर्षाले राजविराज नगरपालिकाको समेत विभिन्न वडाका घर घरमा पानी पसेको छ । ढल निकास नहुँदा राजविराज ७ पुलचौकस्थित दुई दर्जन घरमा नालाको फोहर मिसिएको पानी घरमा पसेको स्थानीयवासी सुरेश सिंहले बताए । वडा नं. ७ का वडाअध्यक्ष सुभाषचन्द यादवले ढल निकासका लागि व्यवस्थित गुरु योजना तयार गर्नु लागिएको र भविष्यमा यस्तो समस्या नहुने जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ