News Category 2080/05/10
अपहरण, शरीर बन्धक तथा डाका मुद्दाका आरोपी दास पक्राउ

दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
सुनसरी जिल्लाका दुई जनालाई धाकधम्की दिएर रकम असुल गरेको आरोपमा प्रहरीले राजविराजका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज वडा नं. १ का अजय कुमार दास रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दासलाई प्रहरीले अपहरण, शरीर बन्धक तथा डाका मुद्दामा मुद्दामा चलाएको प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार गत साउन २९ गते आफ्नो व्यवसायीक कामको सिलसिलामा राजविराज आएका धरान निवासी एक महिला र पुरुष म्याजिक चढेर घर जाने क्रममा रुपनीतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकल चढेर आएका दाससहितका केही व्यक्तिहरुले युनिक अस्पताल नजिकबाट अपहरण गरेका थिए । सो क्रममा दुबै जनालाई म्याजिकबाट ओरालेर धाकधम्कि दिई उनीहरुको साथमा रहेको ९७ हजार नगद र महिलाका श्रीमानलाई सोही समयामा फोन गरी मोवाइल वैंकिङ मार्फत थप १ लाख फिरौति मागे गरेको प्रहरीले जनाएको छ ।
फिरौति रकम प्राप्त भएपछी उनीहरु घटनास्थलबाट फरार भएपछि प्रहरीले उक्त घटनामा संलग्न मध्ये दासलाई पक्राउ गरि थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ