News Category 2080/05/11
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव निलम्बित
दैनिक समाचारदाता
राजविराज, ११ भदौ ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव निलम्बित भएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी गराएको हो ।
घुससम्बन्धी प्रकरणमा अध्यक्ष यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बित भएका हुन् । अध्यक्ष यादवलाई भदौ ६ गते अख्तियारले घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसनधानका लागि नियन्त्रणमा लिएको थियो ।
भदौ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकालाई पत्राचार गर्दै आयोग ऐन २०४८ को दफा १६(४) बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी दिइएको हो ।
यद्दपी अख्तियारले भदौं ७ गते पठाएको उक्त पत्र सोमबार बिहान ११ बजे गाउँपालिकाको आधिकारीक मेलमा आएको गाउँपालिका श्रोतले जानकारी दिएको छ ।
गत साउन ३१ गते सोलार बत्ति सम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसवापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्यूटर अपरेटर वीरेन्द्र यादवलाई आयोगको इटहरीस्थ्ति कार्यालयको टोलीले राजविराजस्थित गजेन्द्र चौकको एक बस बुकिङ काउन्टरबाट नियन्त्रणमा लिएको थियो ।
यसअघि राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता भ्रष्टाचारको आरोपमा निलम्बित भइसकेका छन् । दुबै जना बिरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरमा कैद र जरिवानासहित विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् ।
राजविराज नगरपालिकाका प्रमुख यादवको हकमा भने केही दिन अघि मात्र विशेष अदालतले २ लाख ६४ हजार ४ सय ४ जरिवाना तोकिसकेका छन् । शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताको मुद्दा भने सुनवाईकै क्रममा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ