News Category 2080/05/11
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव निलम्बित
दैनिक समाचारदाता
राजविराज, ११ भदौ ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव निलम्बित भएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी गराएको हो ।
घुससम्बन्धी प्रकरणमा अध्यक्ष यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बित भएका हुन् । अध्यक्ष यादवलाई भदौ ६ गते अख्तियारले घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसनधानका लागि नियन्त्रणमा लिएको थियो ।
भदौ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकालाई पत्राचार गर्दै आयोग ऐन २०४८ को दफा १६(४) बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी दिइएको हो ।
यद्दपी अख्तियारले भदौं ७ गते पठाएको उक्त पत्र सोमबार बिहान ११ बजे गाउँपालिकाको आधिकारीक मेलमा आएको गाउँपालिका श्रोतले जानकारी दिएको छ ।
गत साउन ३१ गते सोलार बत्ति सम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसवापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्यूटर अपरेटर वीरेन्द्र यादवलाई आयोगको इटहरीस्थ्ति कार्यालयको टोलीले राजविराजस्थित गजेन्द्र चौकको एक बस बुकिङ काउन्टरबाट नियन्त्रणमा लिएको थियो ।
यसअघि राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता भ्रष्टाचारको आरोपमा निलम्बित भइसकेका छन् । दुबै जना बिरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरमा कैद र जरिवानासहित विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् ।
राजविराज नगरपालिकाका प्रमुख यादवको हकमा भने केही दिन अघि मात्र विशेष अदालतले २ लाख ६४ हजार ४ सय ४ जरिवाना तोकिसकेका छन् । शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताको मुद्दा भने सुनवाईकै क्रममा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ