News Category 2080/05/13
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम पढाई शुल्क ः प्रा.डा. प्रधान
दैनिक समाचारदाता
राजविराज, १३ भदौ ।
मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङले विगत चार वर्षदेखी इन्जिनियरिङमा स्नातक तहको पठनपाठन गराइरहेको जनाएको छ ।
बुधबार राजविराजमा विश्वविद्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिँदै डीन प्रा.डा.प्रचण्ड मान प्रधानले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको बि.ई. इन सिभिलमा ४८ तथा बी.ई. ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्समा २४ सीट रहेको बताए । उनले आवेदन भदौं ३१ गतेसम्म खुल्ला रहने उल्लेख गर्दै आरक्षण सीट समेत रहेको बताए ।
प्रा.डा. प्रधानले प्रत्येक कार्यक्रममा सर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई जेहेन्दार छात्रबृत्ति र सर्वोत्कृष्ट बाहेक भर्ना संख्याको १÷१२ अंश बराबर नतिजाको आधारमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सहुलियत शुल्क छात्रबृत्ति मार्फत सेमेष्टरको शिक्षण शुल्कमा ४० प्रतिशत बराबरको छुट दिइने जानकारी समेत दिए ।
मोरङको हात्तीमुढामा अवस्थित रहेको उक्त विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्यालय रहेको उनले दाबी पनि गरे । अन्य विश्वविद्यालय भन्दा कम पढाई शुल्क र छात्रावासको व्यवस्था समेत रहेको यस विश्वविद्यालयमा काठमाडौं र पोखरा जस्ता सहरबाट विद्यार्थीहरु पठनपाठन गर्न आएको सहजकर्ता गणेश लम्सालको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ