News Category 2080/05/13
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम पढाई शुल्क ः प्रा.डा. प्रधान

दैनिक समाचारदाता
राजविराज, १३ भदौ ।
मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङले विगत चार वर्षदेखी इन्जिनियरिङमा स्नातक तहको पठनपाठन गराइरहेको जनाएको छ ।
बुधबार राजविराजमा विश्वविद्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिँदै डीन प्रा.डा.प्रचण्ड मान प्रधानले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको बि.ई. इन सिभिलमा ४८ तथा बी.ई. ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्समा २४ सीट रहेको बताए । उनले आवेदन भदौं ३१ गतेसम्म खुल्ला रहने उल्लेख गर्दै आरक्षण सीट समेत रहेको बताए ।
प्रा.डा. प्रधानले प्रत्येक कार्यक्रममा सर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई जेहेन्दार छात्रबृत्ति र सर्वोत्कृष्ट बाहेक भर्ना संख्याको १÷१२ अंश बराबर नतिजाको आधारमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सहुलियत शुल्क छात्रबृत्ति मार्फत सेमेष्टरको शिक्षण शुल्कमा ४० प्रतिशत बराबरको छुट दिइने जानकारी समेत दिए ।
मोरङको हात्तीमुढामा अवस्थित रहेको उक्त विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्यालय रहेको उनले दाबी पनि गरे । अन्य विश्वविद्यालय भन्दा कम पढाई शुल्क र छात्रावासको व्यवस्था समेत रहेको यस विश्वविद्यालयमा काठमाडौं र पोखरा जस्ता सहरबाट विद्यार्थीहरु पठनपाठन गर्न आएको सहजकर्ता गणेश लम्सालको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ