News Category 2080/05/15
गुम्बाबाट चोरी भएका सामानसहित राई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाको नेत्र गुम्बाबाट आइतबार चोरी भएका बुद्धको मूर्ती र अन्य सामाग्रिहरुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चोरी गरेको आरोपमा स्थानीय २२ वर्षिय बिशाल राई बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार चोरी भएका सामानहरु रुपनीस्थित कवाडमा बिक्री गरेको अवस्थामा स्थानियहरुले खोजतलास गर्ने क्रममा बरामद गरिएको थियो ।
बरामद भएका सामानहरुमा पितलको धुप देखाउने कुम्भे एक थान, घण्टिको डन्टि १ थान, पितलको बत्ति काछ ८९ वटा गरि जम्मा ९२ वटा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो गुम्बाबाट बुद्धको मुर्ती एक थान, करुवा लोटा एक थान, घण्टी एक थान, स्टिलको कचौरा १० थान, नगद ५ सय ३५, काछको बत्ती १ सय ८, पञ्च बत्ती पाँच थान चोरी भएको थियो ।
सामानहरु बरामद भएको कवडी पसलमा सोधपुछ गर्दा प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राईको घरमा प्रहरीले खान तलासी गर्दा अन्य समानहरु समेत फेला परेकोले बरामद सामानसहित राईलाई नियन्त्रणमा लिईएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ