News Category 2080/05/15
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
वैदिक संस्कृति समाज सप्तरीले गौंबंशको संरक्षण तथा गौं हत्या बन्दको माँग गर्दै राजबिराजमा शुक्रबार खबरदारी ¥यालीसहित प्रदर्शन गरिएको छ ।
स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको खबरदारी ¥यालीमा गौं हत्या बन्द गर, गौंबंश संरक्षण गर, हिन्दु राष्ट्र कायम गर, वैदिक गणतन्त्र घोषण गर लगायतको नारा लगाउदै नगरको विभिन्न प्रदर्शन गरिएको थियो ।
भोजभतेर गरेर गौं मांस खाने घटनाका नाइकेहरुलाई अविलम्ब कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारवाहीको माँग गरेको गर्दै बैदिक सनातन हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग समेत गरिएको छ ।
¥याली पश्चात् शिवमन्दिरमा आयोजना गरिएको कोण सभामा समतामूलक समाज निर्माण महाअभियानका केन्द्रिय उपाध्यक्ष सुनिता साहले राज्यमा खुलेआम यस्ता अपराध हुँदा सरकार मौन बस्नु भनेको निरिह र लाचारीपन भएको आरोप लगाएकी छिन । उनले ठाउँ ठाउँमा भएको गौं हत्या, गौंवंशको भक्षण गरी भोजन गरी सामाजिक संजालमा भिडियो सार्वजनिक गरी बहादुरी देखाउने कार्यप्रति कारवाहीको माग पनि गरिन् ।
बैदिक संस्कृति समाजका अध्यक्ष रामकुमार शास्त्रीको अगुवाईमा निकालिएको ¥यालीमा बैरागी बाबा मोतीलाल, बाबा सुबी यादब लगायत सयौ जनाको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ