News Category 2080/05/17
हिन्दु राष्ट्र तथा गांै हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १७ भदौ ।
अहिले सप्तरीमा दिनहुँजसो गौं हत्यामा संलग्नमाथी कारवाही तथा हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन भइरहेको छ ।
सुनसरीको धरानमा भएको गांै हत्यामा संलग्नलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै विभिन्न हिन्दुवादी संघसंस्थाहरुले सो प्रर्दशन गरिरहेका हुन् ।
यसैबीच आइतबार विश्व हिन्दु परिषद् नेपाल, कबिर पन्थ, रमानन्दी वैष्णव संघ, भगताही फस्न्थ, हिन्दु स्वंयसेवक संघ र हनुमान अराधाना मण्डल सप्तरी लगयतका संघ सस्थाको अगुवाईमा गाउँ गाउँबाट पुगेका साधु, सन्त तथा हिन्दुवादी अगुवाहरुले प्रर्दशन गरेका छन् ।
सो प्रदर्शनमा धर्म निरपेक्षता खारेज गर, हिन्दु राष्ट्र कायम गर, गौ हत्या बन्द गर लगायतका नारासहित गौं हत्यामा संलग्न रहेकाहरुलाई अबिलम्व पक्राउ गरी कडा कारवाही तथा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गरिएको छ ।
स्थानीय भगवती मन्दिर प्राङ्गणबाट निस्किेको जुलुस नगर क्षेत्र परिक्रमा पश्चात पुनः सोही ठाउँमा पुगी विरोध सभामा परिणत भएको थियो ।
सभामा विश्व हिन्दु परिषद् नेपाल सप्तरीका अध्यक्ष राम किसुन साह, विश्व हिन्दु परिषद नेपालका राष्ट्रिय सचिव राम नारायण ठाकुर, हिन्दु स्वयसेवक संघ सप्तरीका संघ चालक भोगेन्द्र झा, सन्त जिवछ साहव, मोती दास, भोला दास, फुलेश्वर यादव लगायतले राष्ट्रिय जनावर तथा हिन्दुहरुको आस्थाको प्रतिक गाईलाई मारेर खानु कानुन विपरित हुनुका साथै धर्म संस्कृति र परम्परामाथी नै प्रहार भएको बताए ।
महिलाहरुको उल्लेख्य सहभागिता रहेको उक्त प्रदर्शनमा गांै हत्यामा संलग्नमाथी कारवाही तथा हिन्दु राष्ट्रका लागी चरणबद्धरुपमा आन्दोलन जारी राख्ने उद्घोष समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ