News Category 2080/05/18
मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
सप्तरी क्षेत्र नं. ४ (२) बाट मधेश प्रदेशसभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध प्रसाद सिंह यादव कर्तव्य ज्यान तथा डाका मुद्दाको अभियोगमा सोमबार पक्राउ परेका छन् ।
घरबाट आफ्नो निजि प्रदेश २–०१–००१च०५०१ नम्बरको कार चढी सदरमुकाम राजविराज आएको बेला उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । उनलाई नियन्त्रणमा लिइएको बारे तत्कालै प्रदेश सांसद सचिवालय तथा माथिल्लो निकायमा जानकारी गराइएको उनको भनाई छ ।
पक्राउ लगत्तै उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमतिका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले समय अभाव देखाउँदै मंगलबार उपस्थित गराउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले बताए ।
जनता समाजवादी पार्टीका स्थानीय प्रभावशाली नेता मानिएका उनलाई पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचित भएका हुन् ।
उनीमाथी सप्तरीको साविक खोक्सरप्रवाहा गाविस १ का ३२ वर्षीय गोविन्द चौधरीको कर्तव्य ज्यान तथा डाका मुद्दाको आरोप रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् । उक्त विषयमा जाहेरीपरेपछि अदालतमा वयान दिन समेत नआएर सिंह फरार थिए ।
२०६४ साल असार ९ गते तत्कालिन नेकपा माओवादीका नेता दिपु भनिने गोबिन्द चौधरीलाई साविकको बोदेबर्साइन गाविस ४ बाट अपहरण गरी सोही दिन नेङ्गडा गाविस ५ वैरिया टोलमा पाँचवटा गोली हानी हत्या गरिएको जाहेरीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ