News Category 2080/05/19
विवाह र जन्मदर्ता नबनाएपछि दुई नाबालकसहित पलियाको विचल्ली, घर जग्गा बेचेर श्रीमान् फरार
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
राजविराज वडा नं. २ राजदेवी चौककी २५ वर्षिया पलिया खातुन दुई नाबालक सन्तानसहित घर निकालामा परेकी छिन् । विवाह भएको पाँच वर्ष बितिसक्दा पनि उनको श्रीमानले विवाह दर्ता र सन्तान जन्मेपछी जन्मदर्ता नबनाएर घर निकाला गरेपछि उनी बिचल्लीमा परेकी हुन् ।
यी दुई वटा मागका कारण वर्षौदेखि श्रीमान, सासु र ससुराबाट हिंसा सहन समेत उनी बाध्य भएकी छिन् । सप्तरीको कंचनरुप नगरपालिका २ महादेवपट्टी माईत भएकी पलियाको ५ वर्ष अघि राजविराज २ निवासी आशिकसँग विवाह भएको थियो ।
दुई नावालक सन्तानसहित न्यायका लागी पहल गरिदिन अधिकारकर्मी र संचारकर्मी गुर्हान मंगलबार राजविराज आइपुगेकी पलियाले विवाह दर्ता र सन्तान जन्मेपछी जन्म दर्ता गराई दिन पटक÷पटक आग्रह गर्दा हिंसामा मात्र होइन, घर निकालामै परेकी बताइन् ।
उनले भनिन, “विवाह भएपछि सुरुका दुई वर्षसम्म श्रीमान आशिक, सासु नाजमिन, ससुरा अकबर र घर परिवारका अन्य सबैले राम्रै ब्यवहार गरे तर, विवाह दर्ता र जन्म दर्ता बनाइदिन श्रीमानलाई ताकेदा गर्दा घर जग्गा नै बेचेर सिरहाको लहानमा गई वसेको र त्यहीबाट फोन गरेर “तलाक” नै दिए ।” अहिले दुबै छोरालाई विद्यालय भर्ना गराउन जन्मदर्ता चाहिनाले आफुसँग नभएकाले विद्यालय भर्ना गराउन समेत नसकिएको उनले सुनाइन् ।
राजविराजमा भएको सबै घर जग्गा बेचविखन गरेर दुई महिना अघि श्रीमान, सासु र ससुरा सिरहाको लहान बजारमा कपडा सिलाई गर्ने टेलर्स खोलेर वसेका थाहा पाएको पलियाले बताएकी छिन ।
एक कठ्ठा जग्गामा बनेको दुई तल्ले पक्की घर १ करोड १० लाखमा विक्री गरे पनि २ नाबालक सन्तान र आफ्नो भरण पोषणमा लागी १ रुपैया पनि खर्च नदिएको उनले बताईन । यस बारे प्रहरी प्रशासनमा जानकारी गराउँदा समेत खासै पहल नभएको र खोज तलाश भईरहेको भन्ने जवाफ र आश्वासन मात्र पाउने गरेको उनको गुनासो छ ।
हाल उनी माइतको शरणमा छिन । पलियाकी आमा हसेमुनले छोरीलाई सधै कुटपिट गरेर घरबाट निकाल्ने गरेपछी समाजमा कयौं पटक न्यायका लागी याचना गर्दा ज्वाई आशिकले विवाह र जन्मदर्ता बनाई दिने कबोल गरेपनि त्यो बाचा पुरा न गरेको सुनाईन । उल्टै छोरीलाई घर निकाला नै गरेपछी आफुहरु अदालतको शरणमा पुगेको उनको भनाई छ ।
२०७९ साल भाद्र ७ गते सप्तरी जिल्ला अदालतका न्यायाधिश डा.राजेन्द्र कुमार आर्चायको इजलाशले पलियामाथी घरेलु हिंसा भएको ठहर गर्दै अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको थियो । आदेशमा पीडित महिलालाई शान्त र निर्भय वातावरणमा घरमा वस्न, खान लाउन दिनु तथा दाईजो माग्ने र कुटपिट लगायतका यातना दिने काम नगर्नु भनि उल्लेख थियो । तर आरोपितहरुले गृह प्रवेश गर्न दिएपनि थप दाईजो माग्ने, विवाह र जन्म दर्ता बनाई दिन आलटाल गर्ने तथा यातना दिने क्रम अझ बढाएको पलियाले सुनाईन ।
विवाहमा ४ लाख दाईजो लिएका आशिक परिवारले पछिल्लो समय माइतबाट थप ३ लाख रुपैया तथा सोफासेट र सुनको औंठी लिएर आउन दवाब र सोही निहुँमा घर निकाला गरिदिएको पीडित पलियाको कथन छ ।
पलियाको तर्फबाट निःशुल्क कानूनी सहायता तथा बहश पैरवी गर्दै आएकी प्रदेश सभा सदस्य समेत रहेकी अधिवक्ता किरण साहले घरेलु हिंसा मुद्दामा जिल्ला अदालत सप्तरीबाट संरक्षणात्मक आदेश भई गृह प्रवेश समेत गराई सकेकी पलियालाई पुनः यातना दिदै घर निकाला गर्नु घोर अपराध मात्र नभई अदालतको आदेशको अवज्ञा भएको बताएकी छिन् ।
त्यतिबेला पनि पलियालाई घर प्रवेश गराउन परिवारले अवरोधको प्रयास गरेका थिए, उनले भनिन “तर जनप्रतिनीधी, संचारकर्मी, स्थानीय र प्रहरीको सहयोगमा गृह प्रवेश गराइएको थियो ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ