News Category 2080/05/19
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष, लेखापाल र एमआइएस अपरेटर बिरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
सोलार बत्ति जडान कार्यको भुक्तानी दिने क्रममा घुस लिएको भन्दै अख्तियारले पालिका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर बिरेन्द्र कुमार यादव बिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० मा भएको सोलार बत्ति जडान कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानी दिने क्रममा अध्यक्ष, लेखापाल र एमआइएस अपरेटरको मिलोमतो र योजनामा दुई लाख नगद र तीन लाखको चेक घुसवापत लिएको पाइएकाले प्रतिवेदनसहित आरोपपत्र दायर गरिएको हो ।
तीनै जनामाथी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम बिगो, कैद र जरिवाना माग गरिएको छ । उनीहरुबाट ५ लाख बिगो र बिगो बमोजिमको कैद र जरिवाना असुल गर्न माग गरिएको छ ।
गत साउन ३१ गते सोलार बत्ति जडान कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानी दिने क्रममा जडान कम्पनिका प्रतिनिधिसँग ५ लाख रुँपैया घुस लिँदै गर्दा लेखापाल टेकनारायण र एमाआइएस अपरेटर बिरेन्द्रलाई अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले राजविराजको एक बस बुकिङ काउन्टरबाट पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुबाट लिइएको बयान र थपअनुसन्धानको क्रममा गाउँपालिका अध्यक्ष यादव समेतको संलग्नता पुष्टि भएपछि उनलाई पनि नियन्त्रणमा लिई तीनै जना बिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
यता भदौ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकालाई पत्राचार गर्दै आयोग ऐन २०४८ को दफा १६(४) बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी गराएको थियो ।
यसअघि राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्र प्रसाद गुप्ता भ्रष्टाचारको आरोपमा निलम्बित भइसकेका छन् । दुबै जना बिरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरमा कैद र जरिवानासहित विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् ।
राजविराज नगरपालिकाका प्रमुख यादवको हकमा भने केही दिन अघि मात्र विशेष अदालतले २ लाख ६४ हजार ४ सय ४ जरिवाना तोकिसकेका छन् । शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताको मुद्दा भने सुनवाईकै क्रममा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ