News Category 2080/05/19
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
कर्तब्य ज्यान तथा डाका मुद्दामा मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव मंगलबार पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधिश डा. राजेन्द्र कुमार आचार्यको इजलाशले उक्त मुद्दामा सुनुवाई गर्दै प्रदेशसभा सदस्य यादवलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
२०६४ साल असार ९ गते माओवादी नेता गोबिन्द चौधरीको हत्या घटनामा संलग्न रहेको अभियोगमा अघिल्लो दिन राजविराजबाट पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई राजविराज कारागार चलान गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।
सप्तरीको प्रदेशसभा क्षेत्र नं. ४ को २ बाट स्वतन्त्र उम्मेदवार बनी निर्वाचित भएका यादवसहित ९ जना उक्त मुद्दामा आरोपीत थिए । आरोपित मध्ये ८ जनाको फैसला भएपनि उनी माथीको यो मुद्दा मुलतबिमा थियो । त्यती बेलाको आदेशमा यादवलाई पक्राउ गरि मुलतबिमा राखी अनुसन्धान गर्न उल्लेख थियो ।
सप्तरी जिल्ला अदालतका न्यायाधिश दुर्गाप्रसाद ढुंगेलको इजलाशले यादवलाई २०७१ चैत ११ गते ४ वर्षको कैद सजाय हुने फैसला गरेको थियो । उच्च अदालत जनकपुर राजविराजको इजलाशका न्ययाधिशद्वय नारायण प्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको २०७५ भदौं ९ गतेको संयुक्त इजलाशले पनि जिल्लाकै फैसलालाई सदर गरेको थियो । २०७८ साल पुस १३ गते सर्वोच्च अदालतका न्यायाधिशद्वय प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले पनि जिल्ला र उच्च अदालतको फैसलालाई सदर गरेको थियो ।
मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।
सप्तरीको साविक खोक्सरप्रवाहा गाविस १ का ३२ वर्षीय माओावदी नेता दिपु भनिने गोविन्द चौधरीको २०६४ साल असार ९ गते साविकको बोदेबर्साइन गाविस ४ बाट अपहरण गरी सोही दिन नेङ्गडा गाविस ५ वैरिया टोलमा पाँचवटा गोली हानी हत्या गरिएको जाहेरीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ