News Category 2080/05/20
आठ दिनको अन्तरालमा बाबु–छोरा निलम्बनमा
दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
सप्तरीको बोदेबरसाइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवमाथी अख्तियारले भ्रष्टाचार मुद्दा चलाएका कारण निलम्बनमा परेको आठ दिन नबित्दै उनका बुबा मधेश प्रदेशसभा सदस्य रहेका अनिरुद्ध प्रसाद सिंह यादव हत्या तथा डाका मुद्दामा कारागार चलान भई निलम्बनमा परेपछी सो नगरपालिकामा अहिले खैलाबैला मच्चिएको छ ।
लामो समयदेखी जिल्लामा राजनीति गर्दै आएका तथा उच्च घरानाका मानिएका प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव र उनका छोरा बोदेबरसाईन नगरपालिकाका मेयर आतेश कुमार सिह यादव दुबै कारवाहीमा परेपछी जनमानसमा खैलाबैला मच्चिएको हो ।
यादव परिवारका लागी दुःखद संयोग के रह्यो भने आठ दिनको अन्तरालमा दुबै बाबु छोरा आ–आफ्नो पदबाट निलम्बनमा परेका हुन् । बाबु छोरा दुबै निलम्बनमा पर्दा आफन्तजनमात्र होइन, स्थानीयवासी समेत चकित परेका छन् ।
गत बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोदेवसाईन नगरपालिकाका मेयर आतेश कुमार सिह यादवसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछी उनी निलम्बनमा परे । उनीहरुमाथी नगरपालिकामा सुरु नै नभएको एक पशु सम्बन्धि योजनाको अनुगमनदेखि कार्य सम्पन्न सम्मको प्रतिवेदन बनाएर नगरपालिकाबाट झुठो बिलको आधारमा १४ लाख ७२ हजार रुपैया भुक्तानी दिएको अख्तियारको आरोप छ ।
यस्तै सप्तरीको प्रदेश सभा ४ को २ बाट स्वतन्त्र उम्मेदवार बनी प्रदेश सभासदस्य पदमा निर्वाचित उनका बुवा अनिरुद्ध प्रसाद सिह यादव कर्तब्य ज्यान तथा डाका मुद्दामा मंगलबार सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार चलान भएपछि उनी पनि निलम्बनमा परे ।
मधेश प्रदेशको प्रदेश सभा सचिवालयले उनी थुनामुक्त नभएसम्म निलम्बनमा नै रहने एक सूचना मार्फत स्पष्ट पारेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ