News Category 2080/05/24
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिर समितिले एक सय किलो बराबरको विषादीयुक्त मिठाई नष्ठ गरेको छ ।
मन्दिर परिसर भित्र मिठाई पसलहरुले बिक्रि गर्न राखेको करिब ७० किलो लड्डु र २५ किलो पेडा नियन्त्रणमा समितिले आईतवार नष्ट गरेको हो ।
मिठाई पसलहरुको अनुगमन पश्चात् मानव स्वास्थ्यमा असर गर्ने ठहरिएपछि ती मिठाइहरु नष्ट गरिएको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जनाएका छन् ।
उनले पसलहरुको अनुगमन गर्ने कार्य मन्दिर समितिको नभए पनि स्थानीय तह र जिल्ला प्रशासन कार्यालय सप्तरीले चासो नलिदा समितिले नै बाध्य भएर अनुगमनपछि नष्ट गरेको जानकारी दिए ।
हिन्दुहरुको महान चाड वडा दशैं नजिकिँदै जाँदा मन्दिर परिसर र सखडा बजारको अनुगमन गरी मदिरा पसलहरु समेत बन्द गराउनघ सम्बन्धित निकायलाई उनले आग्रह पनि गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ