News Category 2080/05/25
मेला हेर्न गएका अजिम ६ दिनदेखी वेपत्ता
दैनिक समाचारदाता
राजविराज, २५ भदौ ।
सप्तरीको खडक नगरपालिका ११ निवासी मो. अजिम मेला हेर्न गएको ६ दिन बितिसक्दा पनि घर फर्किएका छैनन् । गाउँमै गत बुधबार कृष्णाष्टमीका अवसरमा लागेको मेला हेरेर आउछु भनी घरबाट निस्केका अजिम त्यही दिनदेखी वेपत्ता भएको परिवारजनले बताएका छन् ।
अजिमका बुबा मो. समिमउल्लाह मियाँ र आमा हसिरनले छोरोको अवस्था पत्ता लगाइदिन भन्दै सदरमुकाम राजविराज जिल्ला प्रहरी कार्यालयमा गुहार्न पुगेका छन् ।
परिवारजनले यसअघि इलाका प्रहरी कार्यालय कल्याणपुरमा समेत उजुरी गरिसकेका छन् । त्यहाबाट कुनै ठोस परिणाम प्राप्त नभएकाले जिल्लामा समेत उजुरी दिन आइपुगेको उनीहरुले बताएका छन् ।
वेपत्ता रहेका भाई अपहरणमा परेको हुन सक्ने आशंका उनका दाजु रियाजले ब्यक्त गरेका छन् । उनले भाइसँगै गएका केटा साथी सोही राती घर फर्केको तर भाई नफर्के भन्दा अपहरणमा परेको हुन सक्ने बताए । यसबारे भाईका साथीलाई भोली पल्ट बिहानै सोध्दा उनी मेला हेरेर फर्किदा एक जना केटी साथीलाई भेट्न जान्छु भनी बाटोमै आफूसँग आजिम छुटिएको जवाफ दिएको रियाजको कथन छ ।
सो बारे प्रहरीलाई जानकारी गराउँदा केटी साथीले सो दिन अजिम आफूलाई भेट्न आएको स्वीकार गरेपनि भेटेको केही क्षणमै घर जान्छु भन्दै निस्केको र त्यसपछि कता गयो भन्ने कुरा आफूलाई थाहा नभएको प्रहरी समक्ष बयान दिएको रियाजले जानकारी दिएका छन् ।
वेपत्ता भएको रातीदेखी नै भाई अजिमले बोक्ने ९८१८९८७६९८ नम्बरको मोवाइल स्वीचअफ भएको जानकारी दिँदै दाजु रियाजले भाईको केटी साथीका आफन्तजनले अपहरण गरि भारततर्फ लगेको र त्यहा कुनै अप्रिय घटना हुन सक्ने आशंका समेत व्यक्त गरेका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक सुबेश अधिकारीले अजिमको पत्ता लगाउन उनको हुलियासहितको सम्पूर्ण विवरण देशैभरका प्रहरी कार्यालयमा पठाइसकिएको बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले अजिमको अवस्था पत्ता लगाउन प्रहरीले कुने कसर बाँकी नराखेको जानकारी दिँदै उनी वेपत्ता भएको बारे विभिन्न कोणबाट अनुसन्धान थालिएको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ