News Category 2080/05/26
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण
दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
“दुर्घटनाबाट बचौ र बचाऔं” नाराका साथ जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरीले मंगलवार देखि चालक तथा सहचालकहरुका लागी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले दुर्घटना न्युनिकरणमा सवारी चालक र सहचालकको भुमिका महत्वपुर्ण रहने बताउँदै प्रशिक्षणमा सहभागीहरुले प्राप्त गरेको ज्ञान व्यवहारमा लागु गरेर देखाउनु पर्नेमा जोड दिए । अधिकांश दुर्घट्नामा चालकको लापरवाही देखिने गरेको पाईएकोले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत यस्तो आयोजना गरिएको उनको भनाई छ ।
प्रशिक्षणमा जिल्लामा संचालित वस, माइक्रो, विङ्गर, म्याजिक लगायत सवारी साधनका २ सय ५० भन्दा बढी चालक र सहचालक सहभागी छन् ।
दुई दिनको अवधीम पालै पालो गरी जिल्लाभरका सवै चालक र सहचालकलाई सहभागी गराई प्रशिक्षण दिने तयारी भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक मेदनी प्रसाद साहले बताए ।
सुरक्षित यात्राका लागी सहभागीहरुलाई श्रब्यदृष्य सामग्रीमार्फत समेत प्रशिक्षण र ट्राफिक सचेतना दिने काम भइरहेको ट्राफिक कार्यालयका सइ टेक बहादुर वस्नेतले जानकारी दिए ।
सडक दुर्घट्नाबाट वच्न र यात्रुको जीवन रक्षाका लागी संचालित प्रशिक्षण कार्याक्रममा यात्रु संग गरिने ब्यवहार, मादक पर्दाथको सेवन गरेर गाडी चलाउँदा पार्ने प्रभाव, सडक अनुशाषण, पार्किङ्ग, स्वास्थ्य परिक्षण लगायतका विषयमा प्रशिक्षण दिन थालिएको छ ।
सो अवसरमा वडा अध्यक्ष अरुण कुमार यादव, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सप्तरीका अध्यक्ष संजय साह, माउन्ट सगरमाथा यातायात प्रा.लि.का उपाध्यक्ष दिनेश प्रसाद गुप्ता, छिन्नमस्ता यातायात प्रा.लि.का सचिव सरोज यादव, सिद्धार्थ गौतमबुद्ध यातायात सेवा केन्द्र प्रा.लि.का कोषाध्यक्ष ओम प्रकाश बर्मा लगायत विभिन्न सवारी साधनका संचालकहरुको पनि उल्लेख्य उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ