News Category 2080/05/26
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की

दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
प्रेस युनियन सप्तरीले मोरङ, सुनसरी र सप्तरीका संचारकर्मीहरुसँग “प्रेससँग मनको बात” कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदस्थित कोशी ब्यारेजमा तीनै जिल्लाका दुई दर्जन संचारकर्मीको सहभागिता सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख आतिथि कोशी प्रदेशका प्रदेशसभा सदस्य केदार कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै संचारकर्मीहरुले मुलुकमा संघीय लोकतन्त्रको रक्षाका लागि समय समयमा गरिरहेको खबरदारीप्रति प्रशंसा गर्दै तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी भूमिका आवश्यक रहेको बताए ।
उनले भौगोलिक रुपमा समेत एक अर्कासँग मेल खाने हुँदा तीनै जिल्लाका संचारकर्मीहरुबीच आपसी सद्भाव तथा मेलमिलाप कायम हुने विश्वास व्यक्त गरे ।
प्रेस युनियन सप्तरीका सभापति बिनयलाल कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डल, तरुण दलका केन्द्रिय सदस्य खगेन्द्र कर्ण, पत्रकार महासंघ कोशी प्रदेशका महासचिव बिवेक गौतम, सदस्य शुशिला पाठक, प्रेस युनियन मोरङका पूर्वअध्यक्ष कुमार लुइटेल, राससका बोर्ड सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार अनन्तराज न्यौपाने, शंकर रेग्मी, देवनारायण साहलगायतले धारणा राखेका थिए ।
प्रेस युनियन सप्तरीका उपसभापति नवीनकुमार गुप्ताले स्वागत मन्तब्य तथा कार्यक्रम संचालन सचिव रमानन्द देवले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ