News Category 2080/05/26
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
राजविराज वडा नं. ७ स्थित खर्साल टोलमा २०७६ सालमा भएको एक चर्चित हत्याकाण्डका सन्दर्भमा सप्तरी जिल्ला अदालतले बाबु छोरीलाई सजाय र जरिवानाको फैसला गरेको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधिश हरिशचन्द्र इङनामको इजलाशले सोमबार चार वर्ष अघि भएको कर्तव्य ज्यान मुद्दाका आरोप राजविराज ७ निवासी बिन्देश्वर प्रसाद यादव र उनका छोरी सन्तोषीलाई जनही ३÷३ वर्ष कैद र ३०÷३० हजार जरिवाना र एक लाख रुँपैया क्षतिपूर्ती भराउने फैसला गरेको छ ।
बि.स. २०७६ साल असार १० गते यादव बाबु छोरीसहित ८ जना माथी सप्तरीको तिरहुत गाउँपालिका ३ पिपराहीका २५ वर्षिय जयकृष्ण बिराजी यादवको कुटेरै हत्या गरेको आरोपमा मृतकका बुबा उपेन्द्र प्रसाद यादवको जाहेरीले कर्तव्य ज्यान मुद्दामा अदालतको यस्तो फैसला आएको हो ।
२०७६ साल असार १० गते रातीको समयमा बाबु छोरीसहित ८ जनाको समूहले बासको भाटा, रड लगायतका बस्तुले जयकृष्णमाथी निर्घात कुटपिट गरेको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले अदालतमा पेश गरेको कागजात प्रमाणमा उल्लेख छ ।
उक्त मुद्दामा प्रतिवादी बनाइएका अन्य ६ जना क्रमश ः राजविराज नगरपालिका वडा नं. ७ शुभासचन्द्र यादव, श्रवणकुमार मेहता, शशिआनन्द देव, कमलदेव यादव, प्रमोद कुमार यादव र योगेश कुमार देवलाई भने अदालतले सफाई दिएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए ।
त्यति बेला जयकृष्णको मृत्युपछि आक्रोसित उनका आफन्तजनले आरोपीहरुलाई पक्राउ गरि कडा कारवाहीको माग गर्दै दिनहुँजसो राजविराजमा प्रदर्शन गर्न थालेका थिए । प्रहरीले बाबु छोरीसहित ८ जनालाई प्रतिवादी बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि मात्र प्रदर्शन साम्य भएको थियो ।
प्रहरीले हत्याको कारण सार्वजनिक नगरे पनि जयकृष्णको हत्यामा भने प्रेम सम्बन्धको विषय कारण रहेको स्थानीयले बताउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ