News Category 2080/05/26
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
राजविराज वडा नं. ७ स्थित खर्साल टोलमा २०७६ सालमा भएको एक चर्चित हत्याकाण्डका सन्दर्भमा सप्तरी जिल्ला अदालतले बाबु छोरीलाई सजाय र जरिवानाको फैसला गरेको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधिश हरिशचन्द्र इङनामको इजलाशले सोमबार चार वर्ष अघि भएको कर्तव्य ज्यान मुद्दाका आरोप राजविराज ७ निवासी बिन्देश्वर प्रसाद यादव र उनका छोरी सन्तोषीलाई जनही ३÷३ वर्ष कैद र ३०÷३० हजार जरिवाना र एक लाख रुँपैया क्षतिपूर्ती भराउने फैसला गरेको छ ।
बि.स. २०७६ साल असार १० गते यादव बाबु छोरीसहित ८ जना माथी सप्तरीको तिरहुत गाउँपालिका ३ पिपराहीका २५ वर्षिय जयकृष्ण बिराजी यादवको कुटेरै हत्या गरेको आरोपमा मृतकका बुबा उपेन्द्र प्रसाद यादवको जाहेरीले कर्तव्य ज्यान मुद्दामा अदालतको यस्तो फैसला आएको हो ।
२०७६ साल असार १० गते रातीको समयमा बाबु छोरीसहित ८ जनाको समूहले बासको भाटा, रड लगायतका बस्तुले जयकृष्णमाथी निर्घात कुटपिट गरेको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले अदालतमा पेश गरेको कागजात प्रमाणमा उल्लेख छ ।
उक्त मुद्दामा प्रतिवादी बनाइएका अन्य ६ जना क्रमश ः राजविराज नगरपालिका वडा नं. ७ शुभासचन्द्र यादव, श्रवणकुमार मेहता, शशिआनन्द देव, कमलदेव यादव, प्रमोद कुमार यादव र योगेश कुमार देवलाई भने अदालतले सफाई दिएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए ।
त्यति बेला जयकृष्णको मृत्युपछि आक्रोसित उनका आफन्तजनले आरोपीहरुलाई पक्राउ गरि कडा कारवाहीको माग गर्दै दिनहुँजसो राजविराजमा प्रदर्शन गर्न थालेका थिए । प्रहरीले बाबु छोरीसहित ८ जनालाई प्रतिवादी बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि मात्र प्रदर्शन साम्य भएको थियो ।
प्रहरीले हत्याको कारण सार्वजनिक नगरे पनि जयकृष्णको हत्यामा भने प्रेम सम्बन्धको विषय कारण रहेको स्थानीयले बताउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ