News Category 2080/05/27
सबल नेपालले दर खाने कार्यक्रम मनायो
दैनिक समाचारदाता
राजविराज, २७ भदौ ।
सबल नेपाल नामक गैरसरकारी संस्थाले हिन्दु नेपाली महिलाको महत्वपूर्ण चाड तिजको अवसरमा बुधबार दर खाने कार्यक्रमको आयोजना गरेको छ ।
राजबिराजस्थित सबल नेपालको केन्द्रीय कार्यालयमा आफ्ना महिला कर्मचारी तथा पदाधिकारीहरुका लागि दर खाने कार्यक्रमको आयोजना गरेको हो ।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षता तथा संस्थाका पदाधिकारी तथा महिला कर्मचारीहरूको सहभागितामा धुमधामका साथ दर खाई नाचगानसहित कार्यक्रम मनाइएको छ ।
सो अवसरमा अध्यक्ष गिरीले हरितालिका तिजको ब्रतअघि मीठा–मीठा परिकार बनाएर दर खाने प्रचलन रहिआएकाले दरमा खिर, हलुवा, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरेको बताईन ।
धार्मिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा युवतीले राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहिआएको अध्यक्ष जुनाको भनाई छ ।
यस पालि दर खाने दिन भदौ ३१ गते रहेको छ भने असोज १ गते हरितालिका तिज परेको छ ।
सो अवसरमा सबल नेपालका निर्देशक दिपक झा, संस्थापक सदस्य आयुष श्रेष्ठ, परमेश्वर झा, अशोक साह, पत्रकार चन्दन यादब लगायत पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ