News Category 2080/05/29
विद्यार्थीलाई शैक्षिक सामाग्रि र पोशाक बितरण
दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
राजविराज वडा नं. ७ स्थित रमेश नारायण दास आधारभूत विद्यालयमा शुक्रबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि र पोशाक बितरण गरिएको छ ।
बाल दिवसको अवसरमा एक कार्यक्रम गरि त्यहा अध्ययनरत विद्यार्थीहरुलाई कपि, कलम, चकलेट, बिस्कुट र पोशाक वितरण गरिएको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडा नं. ७ का अध्यक्ष सुभाषचन्द्र यादवले सरकारले माध्यमिक तहसम्म निशुल्क पठनपाठनको व्यवस्था सरकारले गरेकोले ती सम्पूर्ण सेवा सूविधा विद्यालयले उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
उनले बालबालिका भविष्यको कर्णधार रहेकाले उनीहरुको पढाईमा कुनै किसिमको बाधा उत्पन्न हुन नदिन विद्यालय प्रशासन तथा शिक्षकहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा राजबिराज नगरपालिका वडा नं. ७ का सदस्य रामानन्द देव, प्रधानाध्यापक बिभा झा, शिक्षिका रन्जना दास, चन्द्रकला रश्मि तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ